Thursday 22nd October 2026

३ समसामयिक मुक्तकहरू -राम भण्डारी


कस्ले र किन पठायो कोरोना यो श्रृष्टिमा ।
के लाग्छ? कारण के हो तपाईको दृष्टिमा ।
यदि मेरो बिचार मान्नु हुन्छ भने सुन्नुहोस्
पाप अतिवृष्टि भयो धर्मको अनावृष्टिमा ।

गरिबीको बिडम्बना मुटु भित्रै लुक्ने रहेछ ।
दैत्य अघि ईश्वरको शिर पनि झुक्ने रहेछ ।
स्तब्ध भईयो राक्षसी ताण्डवले परदेशमा
हाम्रै नेपाली पिटिंदा साह्रै मुटु दुख्ने रहेछ ।

सम्बन्ध दाग बिनाको सफा चित्र हुनुपर्छ ।
सुख दुःखमा साथ दिने परम मित्र हुनुपर्छ ।
भेटिने छुटिने चलिरहन्छ यहाँ जहिले पनि
असल साथी भनेको त दिल भित्र हुनुपर्छ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...