Thursday 22nd October 2026

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो, थप एक जनाको मृत्यु


तितोपाटी – कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९०६३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५१२९ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १३८७५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि बझाङ जिल्ला बुंगल गाउँपालिका – ३ का ६५ वर्षीय पुरूषको कोरोनाको कारण ज्यान गएको छ भने यस सँगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ५२ हजार  ३ सय ७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६६ लाख ७२ हजार भन्दा बढि संक्रमित भइ १ करोड २ लाख ६२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ५७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...