Friday 2nd October 2026

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो, थप एक जनाको मृत्यु


तितोपाटी – कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९०६३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५१२९ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १३८७५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि बझाङ जिल्ला बुंगल गाउँपालिका – ३ का ६५ वर्षीय पुरूषको कोरोनाको कारण ज्यान गएको छ भने यस सँगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ५२ हजार  ३ सय ७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६६ लाख ७२ हजार भन्दा बढि संक्रमित भइ १ करोड २ लाख ६२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ५७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...