Saturday 26th September 2026

पहिरोको कारण बाग्लुङ, रूकुम पश्चित, कालीकोट र दार्चुलामा गरि ६ को मृत्यु, ७ बेपत्ता


तितोपाटी – भिषण वर्षापछि देशका बिभिन्न जिल्लामा आएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। सोमबार राती देखिको अविरल वर्षाको कारण कतिपय ठाउँमा सडक पनि अबरूद्ध भएको तथा निरन्तर वर्षा भइरहेकोले उद्दारमा समेत कठिनाइ भएको छ ।

सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले बागलुङको तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका घर पुरिँदा उनका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरि रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको छ । रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो। पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु कामीको उद्धार गरिएको छ ।

त्यस्तै कालिकोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् भने शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टमटाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पहिराेकै कारण रास्काेट नगरपालिका- १ की १८ वर्षिया यशाेदा टमटा र ८० वर्षिया मयसरा टमटा घाइते भएका छन् साथै पहिराेले कर्णाली करिडोर अन्तरगत पर्ने फुगाड बेलीब्रिज पुल समेत बगाएको छ ।

उता दार्जुलामा दार्चुला-टिंकर सडक भत्किएर पहिरो जाँदा पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् । मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा जोशी बेपत्ता बनेका हुन् । प्रहरीका अनुसार घरमै रहेका २१ वर्षीय छोरा सुनील जोशी भने पहिरो खसेको समयमा भाग्न सफल भएकोले सकुशल छन् । पहिरोले एउटा भैसी र चार वटा बाख्रा पनि पुरिएका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...