Saturday 26th September 2026

नेपालमा कोरोनाको कारण एकै दिन ३ जनाको मृत्यु, १८७५२ संक्रमित, १३७५४ जना निको भए


तितोपाटी – कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक एक, धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष र बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । यो सँगै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ भने समुदायमा कोरोनाको जोखिम बढेर गएको देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८७५२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ४९२० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १३७५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ४७ हजार  ४ सय ५७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १६ हजार ३ सय ७९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६४ लाख ५६ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ५३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...