Thursday 22nd October 2026

नेपालमा कोरोनाको कारण एकै दिन ३ जनाको मृत्यु, १८७५२ संक्रमित, १३७५४ जना निको भए


तितोपाटी – कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक एक, धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष र बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । यो सँगै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ भने समुदायमा कोरोनाको जोखिम बढेर गएको देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८७५२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ४९२० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १३७५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ४७ हजार  ४ सय ५७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १६ हजार ३ सय ७९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६४ लाख ५६ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ५३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...