Thursday 1st October 2026

कोरोना पुराण – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


कोरोना पुराण
नेपाली लोक छन्द-झ्याउरे

उहिले कतै लुकेको होला पापिष्ठ कोरोना ।
बुझ्दैन मन नभने आज पुराण कोरोना । १ ।

कोरोना घरै कोरोना बनै कोरोना कोरोना ।
नभाको ठाउँ भेटिन्न कतै पातकी कोरोना । २ ।

रेडियो खोल्छु कोरोना बज्छ टीभीमा कोरोना ।
साथीले फेरी सुस्तरी बोल्यो धन्य हो कोरोना । ३ ।

कोरोना खाँदा कोरोना सुत्दा उठ्दा नि कोरोना ।
काखमा बस्छ बालक दुधे पुकार कोरोना । ४ ।

पँधेर्नी बोक्छे गाग्रोमा पानी मुखमा कोरोना ।
गोठालो बोल्यो शहर रोज्छ भलाद्मी कोरोना । ५ ।

ठूला र ठालु छानेर बस्छ घमन्डी कोरोना ।
उन्नत देशाँ जहाज चढ्छ बिनाशी कोरोना । ६ ।

लुकेर भेट्ने मायालु पनि तर्सायो कोरोना ।
नडसे सम्म सन्तुष्ट हुन्न पापिष्ठ कोरोना । ७ ।

होला कि कहीँ स्वर्गमा पनि यो पाजी कोरोना ।
नर्कमा भने अबस्य होला नपुंसक कोरोना । ८ ।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...