Friday 2nd October 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८३७४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३८३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०७ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १२९४७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि पर्सा जिल्ला वीरगञ्ज -११ की ८५ वर्षीय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ३५ हजार ८२ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १९ हजार ४ सय ४४ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ५६ लाख ७७ हजार भन्दा बढि संक्रमित भइ ९५ लाख ६३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ३६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...