Thursday 22nd October 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८३७४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३८३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०७ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १२९४७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि पर्सा जिल्ला वीरगञ्ज -११ की ८५ वर्षीय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ३५ हजार ८२ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १९ हजार ४ सय ४४ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ५६ लाख ७७ हजार भन्दा बढि संक्रमित भइ ९५ लाख ६३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ३६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...