Saturday 26th September 2026

आइतबारदेखिको अविरल वर्षाले विभिन्न जिल्लाका ८ जनाको मृत्यु, राजमार्गहरू अवरूद्ध


तितोपाटी – आइतबारदेखि भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेकाे छ । पहिरोमा परि विभिन्न जिल्लामा गरि ८ जनाको ज्यान गएको छ भने दर्जनौँ सडक अवरुद्ध भएका छन् । बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ ।

अहिले सम्म प्राप्त जानकारी अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको छ ।

त्यसै गरि काठमाडौंको कागेश्वरी मनहरा–१ गागलफेदीमा पुरिएर २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको छ ।

तनहुँको भानु–९ सिमगैरामा महेन्द्र धरालीको घर पहिरोले पुर्दा उनकी आमा ८० वर्षीया तिलमाया र १७ वर्षीया छोरी तृप्साको मृत्यु भएको छ।

त्यस्तै दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा आइतबार राति पहिरोले घर पुरिँदा ४२ वर्षीया मानमती ठगुन्ना र उनकी भतिजी ५ वर्षीया पार्वती ठगुन्नाको मृत्यु भएको छ । मानमतीका आफन्त मोहना ठगुन्नाको अवस्था गम्भीर छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...