Monday 27th July 2026

नेपालको कोरोना अपडेटः कुल संक्रमित १७४४५, मर्नेको संख्या ४० पुग्यो, ११५३४ निको भए


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या साढे सत्र हजार पुग्न लाग्दा मर्नेको संख्या ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २८५ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७४४५ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५८७१ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल ११५३४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि सप्तरी जिल्ला राजविराज नगरपालिका-१ निवासी मधुमेह तथा मुटुका दिर्घरोगी ७३ वर्षीय पुरूषको कोरोनाको कारण ज्यान गएको छ भने यो सँगै मृत्यु हुनेको जम्मा संख्या ४० पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ८ हजार ४ साय ९८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २२ हजार ७ सय ५६ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, संखवासभा, मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ३९ लाख ७८ हजार भन्दा बढि संक्रमित भइ ८३ लाख ५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणपछि इरानले कीभविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको जारी द्वन्द्वका बीच कठिन निर्णयको सामना गरिरहेका छन्। १३ दिनसम्म लगातार हवाई आक्रमण गरेपछि अमेरिकाले…

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नो २४औँ सत्याग्रह (आमरण अनशन) मा छन्। उनले सुदूरपश्चिमको धनगढीस्थित कृष्ण मन्दिर…

प्रतिकृयाहरू
...