Wednesday 1st May 2024

कविताः- धनकी देवी – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


धनकी देवी – नेपाली लोक छन्द(झ्याउरे)

**************************************
धनकी देवी ती लक्ष्मी माता खै कता जानुभो ।
हातबाट मेरो सुलुक्क चिप्ली कसैको हुनुभो । १।

सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना ।
लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना । २ ।

दिन-बित्दै गए धनकी देवी तर्केर भागेको ।
शारदा भक्त भएछ भन्दै उम्कन लागेको । ३ ।

हे लक्ष्मी माता सुन्नुस न पुकार हजुरका भक्तको ।
हजुर त आजकल बन्नु भा रैछ दुर्जनको भक्त पो । ४ ।

आरती गर्छु दिनहुँ मैले पर्दछु भरमा ।
हजुर त खालि रमेको देख्छु जालीको घरमा । ५ ।

आँटीलो मान्छे रोजेर बस्ने कुरा म जान्दछु ।
दुष्टको मात्र अगाडि देख्दा अचम्म मान्दछु । ६ ।

अनेक रुप धर्तिमा देख्छु लीला नै अपार ।
सज्जनले पनि माग्दैछ भिक्षा नजाओस बेकार । ७ ।

बिराको भए अन्जानमा कतै म क्षमा माग्दछु ।
फर्केर आए दु:खीको घर सम्मानले राख्दछु । ८ ।

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...