Thursday 4th June 2026

आदिकवि भानुभक्तको स्मरण गर्दै कथा- कविता वाचन गरी सम्पन्न


तितोपाटी- विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा र अनेसा च्याप्टर कुवेतको संयुक्त आयोजनामा गत सोमबार २०७ औं भानुजयन्ती मनाइएको छ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको  रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।
पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका थिए। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए। उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरीएको थियो।
विश्व नेपाली साहित्य महासंघ केन्द्रीय अध्यक्ष सुरेन्द्र परदेशीको प्रमुख आतिथ्य तथा कवि सर्वज्ञ वाग्ले, कवियत्री कमला प्रसाई,एनआरएन कुवेतका अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेको आतिथ्यमा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । अनेसा च्यापटर कुवेतका सल्लाहकार अमर खड्काको स्वगत मन्तव्यसँगै गजलवाचन तथा विनेसाका कुवेत संयोजक प्रेम कट्वालबाट शुभकामना र गजलवाचनबाट शुरु भएको कार्यक्रम भुवन सुवेदीले सञ्चालन गरेका थिए । कार्यक्रमको संयोजन राजेन्द्र बिरहीले गरेका हुन ।
भारतमा रहेका कार्यक्रमका प्रमुख अतिथी परदेशीले महत्वपूर्ण भनाई राख्दै कवितावाचन गरेका थीए ।

यसअघि भने विनेसाले कार्यक्रमको आयोजना गर्दै आइरहेको थियो । ‘यसपटक संयुक्त रुपमा कार्यक्रम आयोजना गर्ने अवसर जुर्यो,’ उहाँले भन्नुभयो, ‘संयुक्त रुपमा भानुजयन्ती मनाउन पाउनु महत्वपूर्ण र सुखद रह्यो । यसले नेपाली साहित्य क्षेत्रमा राम्रो सन्देश जान्छ ।’
संस्थाका केन्द्रीय सदस्य तथा नथाकेका कविता कृतिका कवि अमित चाम्लिङ र संयोजक बिरहीले छोटो समयमा सर्जकहरुलाई समेटेर कार्यक्रम सफल बनाउन प्रयास गरेका थिए । विदेशबाट लाखौ श्रमिक स्वदेश फर्कन्छन् । उनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुने तथा जिम्मेवारीबाट पन्छिन खोज्ने, समस्यामा परेकाहरुलाई तोकिएभन्दा तेब्बर हवाईभाडा लिएको र स्वदेश पुगेपछि पनि अनागरिक जस्तो व्यवहार गर्ने राज्यप्रति कवि चाम्लिङले कवितामै आक्रोश पोखेका थिए । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, अमेरिकामा बस्ने सर्जकहरु सर्वज्ञ वाग्ले, कमला प्रसाईं, अग्नि पराजुली,प्रकाश पान्डे र सेसेल्सबाट गणेश खड्काले शुभकामना सहित रचना वाचन गरेका थिए।भर्चुअल भानुजयन्ती कार्यक्रममा कुवेतबाट अमित चाम्लिङ, तिलाचन बस्याल,राणध्वज लामा, माधव पौड्याल ‘असल यात्री’, केशर घलान, आकाश शेर्पा, हिमाल अञ्जान, विजय आउजी, सिर्जना पाण्डे, कृष्ण पौडेलले रचना वाचन गरेका थिए । कार्यक्रम भव्यताको साथ सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने संस्था, लगायत उपस्थित सर्जकहरुलाई धन्यवाद दिन कार्यक्रम संयोजक बिरहीले रामायणको श्लोक वाचन गरेका थिए । भर्चुअल कार्यक्रम osvevo लगायत अनलाइनले प्रत्यक्ष प्रसारण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमै बंगलादेशसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ, जसले उपाधिविहीन यात्रालाई निरन्तरता दिएको छ।…

अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न सीमित गर्ने उद्देश्यले प्रस्ताव पारित…

इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयनका लागि सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यो सम्झौता हिज्बुल्लाहद्वारा आक्रमण पूर्ण रूपमा बन्द…

प्रतिकृयाहरू
...