Thursday 10th September 2026

गजल -नरेन्द्र दुलाल


गजल

दुनियाँलाई सतायो कोरोनाको यातनाले पनि ।
चिन्ता झन बढायो आफ्नाकाे सम्झनाले पनि ।।

बिश्व नै महामारीको चपेटामा परेको छ अहिले
कस्तो धर्म संकट ल्यायो यो बिडम्बनाले पनि ।।

भोलि कस्तो अवस्था आउला मलाई थाहा छैन
दैनिक मुटुमा चस्काउछ यिनै कल्पनाले पनि ।।

एक ब्यक्ति बाट अर्को ब्यक्तिमा पो सर्छ भन्छन्
आफन्त पनि पराई पार्यो सर्ने सम्भावनाले पनि ।।

-नरेन्द्र दुलाल
माइपोखरी, इलाम
हालः मरूभूमिको देश कुवेत ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...