Thursday 1st October 2026

केहि चोटिला मुक्तकहरू -राम भण्डारी


केहि चोटिला मुक्तकहरू

(१)
ठगीको धन मुरी भन्दा दुःखको मानु बेस ।
दुःखी मनलाई ठग्नु भन्दा मागेर खानु बेस ।
कहिले पो आउँछ होला बुद्धि तिमीहरुको
समाजमा ईज्जत ठूलो बरु फूर्ति सानु बेस ।

(२)
सफा स्वच्छ तिम्रो मुटुभरी घृणा जाग्छ किन ।
निस्कलंक चाँदमापनि कतैकतै दाग छ किन ।
सधैं जसो रुमल्लिन्छ मनमा अनुत्तरित प्रश्न
पूर्णिमाको रात तिम्लाई अध्यारो लाग्छ किन ।

(३)
मुड्की सहेर बसेकै थियौं बज्य्रो लाठी किन ?
अध्यारोमा निर्दयी बनि ठोक्यौ नि राती किन ?
निर्दोष जनले कस्तो गल्ती गरे र ? सिन्धुमा
त्यस्तो बिनाश रच्दा तिम्रो चर्केन छाति किन ?

(४)
सधैं जसो साँझमा पीडा मुक्त हुन पिएँ ।
तिम्रो अधरलाई चिसो बतासले झैं छुन पिएँ ।
जब भन्यौ नपिउनु मैंले छोडे कसम खाएर
छाडेकै उपलक्ष्यमा साँझ १ प्याला पुनः पिएँ ।

-राम भण्डारी
ठोकर्पा – १, सुनकोशी, सिन्धुपाल्चोक
हालः पेप्सीकोला, काठमाण्डाैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...