Wednesday 21st October 2026

कविताः- महत्व शिलाको -हरि शर्मा(सुबेदी)


महत्व शिलाको
*************
सम्बन्ध अति पुरानो पर्‍यो मान्छे र शिलाको ।
यसकै बखान गरौँ कि भनी कविता मिलाको । १ ।

आदिम काल ओढार बस्दा शिलाको चिनजानी ।
शिलामै सुत्ने शिला नै ओढ्ने शिलाकै सिरानी । २।

जनावर मार्न हतियार बन्यो शिलाको धारिलो ।
काठको टुप्पो त्यो चुच्चे ढुङ्गो देखियो भरिलो । ३ ।

कृषीको युग ढुङ्गाको घर माटो नि मिलेको ।
यसैको भर मान्छेले मानी छ आज हिँडेको । ४।

ढुङ्गाको कमाल्, ढुङ्गाकै बाघचाल ढुङ्गामा बसेर ।
ढुङ्गाको मुनी माछाको घर खोलामा पसेर । ५।

धपाउन मिल्ने चरा वा बाँदर ढुङ्गामै बसेर । ।
हातमा राखी मिल्काउन मिल्ने मुठीमा कसेर । ६।

घरमा बन्छ शिलाको परखाल खोलामा बाध नि ।
चाहेको जस्तै जस्ताको तस्तै ढुङ्गा त्यो बन्दिने । ७।

ढुङ्गाको मन्दिर ढुङ्गाको तस्बिर मूर्ति नि ढुङ्गाको ।
ढुङ्गामा कला इतिहास ढुङ्गा अभिलेख यसैको । ८।

ढुङ्गाको छाती बनी पो दिन्छ बलिया बाङ्गाको ।
निष्ठुरी बन्दा मन पनि यहाँ बन्दछ ढुङ्गाको । ९।

मनुश्य चोला सफल पार्न ढुङ्गा हो सारथी ।
ढुङ्गाको मूर्ती बनाइकन गरेको आरती । १०।

हरि शर्मा (सुबेदी)
गलकोट-बागलुङ, नेपाल ।
हाल: मिसिगन-अमेरिका ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...