Saturday 31st October 2026

बीच बीचमा ३’ ल्याउँदै दुर्गेश


तितोपाटी- गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको म्युजिक भिडियो ‘बीच बीचमा’ गत वर्ष चर्चामा रह्यो । त्यसैबाट हौसिएका थापाले हालै ‘बीच बीचमा २’ पनि रिलिज गरे । उक्त गीतले औसत चर्चा पाइरहेको छ ।

यतिबेला भने उनले अर्को गीतको म्युजिक भिडियो ‘बीच बीचमा ३’ बजारमा ल्याउन लागेका छन् । तर, यो गीत सार्वजनिक नहुँदै विरोध शुरु भएको छ ।

दुर्गेशले बिहीवार एक गीत सार्वजनिक गर्न लागेको भन्दै एक पोस्ट शेयर गरेका थिए । उक्त पोस्टमा उनीलगायत अरु मोडलमहिलाको पोशाकमा सजिएका थिए ।

यो पोस्टर सार्वजनिक भएलगत्तै दुर्गेशले नेपाली संस्कृतिको अपमान गरेको भन्दै विरोध भएको थियो ।

विरोध भएपछि दुर्गेशले यो गीत गाईजात्रे तीज गीत भएको बताएका छन् ।

‘कथाले मागेपछि बलिउडका सलमान खान, अजय देवगनदेखि महानायक राजेश हमालले पनि शकुन्तलाको भेष धारण गर्नुपर्छ, अडियो सुनेकै छैन, भिडियो हेरेकै छैन,’ दुर्गेशले स्पष्ट पारेका छन्, ‘पोस्टर हेरेकै भरमा गलत मूल्याङ्कन गर्नु हतारको निर्णय हुनसक्छ ।

उनले आफूलाई पनि संस्कृतिको चिन्ता भएको भन्दै केही दिन धैर्य गर्न पनि अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...