Thursday 8th October 2026

बीच बीचमा ३’ ल्याउँदै दुर्गेश


तितोपाटी- गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको म्युजिक भिडियो ‘बीच बीचमा’ गत वर्ष चर्चामा रह्यो । त्यसैबाट हौसिएका थापाले हालै ‘बीच बीचमा २’ पनि रिलिज गरे । उक्त गीतले औसत चर्चा पाइरहेको छ ।

यतिबेला भने उनले अर्को गीतको म्युजिक भिडियो ‘बीच बीचमा ३’ बजारमा ल्याउन लागेका छन् । तर, यो गीत सार्वजनिक नहुँदै विरोध शुरु भएको छ ।

दुर्गेशले बिहीवार एक गीत सार्वजनिक गर्न लागेको भन्दै एक पोस्ट शेयर गरेका थिए । उक्त पोस्टमा उनीलगायत अरु मोडलमहिलाको पोशाकमा सजिएका थिए ।

यो पोस्टर सार्वजनिक भएलगत्तै दुर्गेशले नेपाली संस्कृतिको अपमान गरेको भन्दै विरोध भएको थियो ।

विरोध भएपछि दुर्गेशले यो गीत गाईजात्रे तीज गीत भएको बताएका छन् ।

‘कथाले मागेपछि बलिउडका सलमान खान, अजय देवगनदेखि महानायक राजेश हमालले पनि शकुन्तलाको भेष धारण गर्नुपर्छ, अडियो सुनेकै छैन, भिडियो हेरेकै छैन,’ दुर्गेशले स्पष्ट पारेका छन्, ‘पोस्टर हेरेकै भरमा गलत मूल्याङ्कन गर्नु हतारको निर्णय हुनसक्छ ।

उनले आफूलाई पनि संस्कृतिको चिन्ता भएको भन्दै केही दिन धैर्य गर्न पनि अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...