Wednesday 14th January 2026

मुग्लानी गायक सुन्दर परियारको “पापिनिले गयाै छलेर” बोलको गीती एल्बम युटुब मार्फत बजारमा


नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत उतार्न सफल भएका छन् ।

मायालु जोडीको विरहको अवस्थालाई गीतमा समेटिएको छ । हजारौ सपना मनमा सजाएर राखेकी आफ्नी प्रेमीकालाई अर्काको अगांलोमा बाधिएको देख्नमा मनमा परेको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । रमेश विजीको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । प्रेमीकाको चोटमा जिवन विताउनु पर्दाको क्षणलाई गीतमा निकै मनछुने भाकामा निमार्ण गरिएको छ ।

दिपक गिरीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा एल वी जिको निर्देशन भिडियोमा रहेको छ । ”पापिनी ले गयौ छलेर ” गीतको भिडियोमा सम्झना कडेँल, आशिर प्रताप र अर्जुन कुँवरको लोभलाग्दो अभिनय रहेको छ ।

”पापिनी ले गयौ छलेर ” गीतको पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...