Thursday 30th July 2026

रुपन्देही घटना : मानसिक रोगले निम्त्याएको दुःखद परिणाम


गोपाल ढकाल (मनोविद्) – रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो कसुर स्बिकार गरिसकेका छन । उनीहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन।

कडा खालको मानसिक रोगी वा लागू प्रदार्थको दुर्ब्यसनीमा आफू असुरक्षित छु, मलाई कसैले मार्न खोज्दैछ वा आफू माथी षडयन्त्र हुदैछ वा कसैले आफुलाई दुख दिन खोज्दैछ भन्ने जस्ता सोचाईमा भ्रम हुन्छ । जसको कारण अरु वा आफैलाई पनि हानी नोक्सानी पुर्‍याउन सक्छ ।

स्थानीयका अनुसार सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
आरोपित ब्यक्तिको मानसिक स्बास्थ्य अबस्था ठिक नभएको अबस्थामा समाजमा कहिलेकाहीँ यस्ता अकल्पनीय र दुःखद घटनाहरु घट्न पुग्छन । केही समय अगाडि मात्र बेलबारीमा यस्तै दुखद घटना भएको थियो । एक ३१ बर्षिय जीवन लिम्बू नामका ब्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर बीभत्स तरिकाले आत्महत्या गरेका थिए। उनी जाँड रक्सिको दुर्ब्यसनी तथा मानसिक रोगी थिए।

बेला बेलामा मानसिक रोगका कारण यस्ता दुखद घटना हुँदा ” मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ ” भन्ने धारण आम मानिसहरुमा पाईन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदा कदा यस्ता घटना घटने पनि गरेका छन ।
विशेष गरि जाँड रक्सि तथा लागूको दुरब्यसनी , तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया , अति रिस उठने रोग, डिलेरियम , डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छ।

उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन। अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुदैन ।

मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्‍याउनुपर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।

मानसिक रोगिसँग व्यवहार गर्दा ध्यान दिनुपर्ने कुराः
१) कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान हुदैन । यस्तो अबस्थामा घर परिवारका सदस्यले फकाई फुल्याईकन अस्पताल लैजानुपर्छ ।

२) उनीहरुसँग विवाद गर्ने , झर्को फर्को गर्ने गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।

३) बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।

४) उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नुहुँदैन् ।

५) मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।

६) विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्द गर्नुपर्छ ।

७) आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।
८) मानसिक रोगले जाँड , रक्सी , लागु प्रदार्थको सेबन गरेमा दुर्घटनाको जोखिम अझ बढने हुँदा बिशेष सतर्कता अपनाउनुपर्छ।

(लेखक मनोविद हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन ।)


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...