Monday 29th June 2026

कुवेतमा नारा लाग्यो – “केपी ओली मुर्दावाद!”


तोयानाथ उपेक्षित, कुवेतको एक सेल्टरमा रहेका सयौ नेपाली श्रमिकहरुले हिजो साँझ नेपाल सरकार र नेपाली राजद”तावास कुवेतका विरुद्धमा नाराबाजी गरेका छन ।

उनीहरुले एम्नेष्टिको फाईदा उठाउन भन्दै कुवेत सरकारका सेल्टरमा रजिष्ट्रेशन भएर बसेको ४३ औ दिनमा विद्रोह गरेका हुन । नेपाल सरकार र राजदूतावास कुवेतले समेत चाडै नेपाल पठाउने भनिएका उनीहरुको अझैसम्म कुनै टुंगो लागेको सूचना नपाए पछि हिजो साँझ एकाएक सेल्टरको यार्डमा निस्किएर केपी ओली मुर्दावाद, नेपाली राजदूतावास मुर्दावाद भने तर उनीहरुले कुवेत सरकारको तारिफ गर्दै कुवेत सरकार जिन्दावाद भनेका थिए ।

सेल्टरमा करिब २८ सय नेपाली रहेको अनुमान छ । यस बीचमा केही साता पहिले सेल्टरको भिजिट नेपाली राजदूतावास कुवेत र एनआरएनले संयुक्त रुपमा गरेको थियो । एनआरएनले सवै कुरा राम्रो भएको त्यहाँ कुनै समस्या नरहेको भन्दै समाचारहरु बाहिर पनि ल्याएको थियो । त्यसको केही दिन अगाडी सेल्टरमा रहेका महिलाहरुले आफूहरुलाई नेपाल सरकारले चाँडो नेपाल जाने बाटो खोलिदियोस भनेर आक्रोश पोख्दै सामाजिक सञ्जालमा अपिल पश्चात उनीहरुले भने जस्तो स्थिती नरहेको भनियो ।

करिब २५ दिन पहिले ईजिप्सियन नागरिकहरुले यसरी नै सेल्टर भित्र हंगमा गरेका थिए । उनीहरुलाई नियन्त्रण गर्न कुवेत पुलिसले अश्रुग्यास प्रहार गर्न परेको थियो । त्यसको लगत्तै कुवेत स्थित ईजिप्सियन राजदुतले एक बक्तब्य मार्फत तुरुन्तै आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने बचन दिए र त्यसको दुई दिनपछिबाट ओर्सान शुरु गरिएको थियो । अहिले ईजिप्सियन नागरिकहरु कुवेतको सेल्टरमा छैनन । सेल्टरबाट बंगलादेश, ईन्डिया, श्रीलंका र अफ्रिकन देशहरुले समेत आफ्ना नागरिकहरुलाई लगेका छन र त्यो क्रम अझै केही देशको बाँकी नै छ ।

अहिले आएर नेपालीहरुले सेल्टरमा गरेको आन्दोलनमा कुवेतमा रहेका सवै नेपालीहरुको साहानुभुती समेत रहेको छ । सेल्टर देखि बाहिर रहने हजारौ नेपालीहरु आफ्नो पालो कुरेर बसेको अवस्थामा उनीहरु सेल्टर खाली नभए सम्म आफ्नो पालो आउँदैन भन्नेमा कन्भिन्स छन तर सेल्टरका आफ्ना नागरिकलाई लान नेपाल सरकार र नेपाली दूतावासले अहिले सम्म कहिले सम्ममा लाने भनेर चु सम्म बोलेको छैन बरु नेपाली राजदूतावास कुवेतले आफ्नो फेसबुक पेजमा तथ्यांक संकलन फारम भनेर राखिएको फारम समेत सहज रूपमा नखुलेको पाइएको छ ।

कुवेत सरकारले सेल्टरमा भएको नेपाली श्रमिकहरुको आजको नारावाजीलाई राम्रो रुपमा लिने छैन । ईजिप्सियनहरुको विद्रोहताका उसले कडा रुखमा प्रस्तुत भएको थियो । नेपाली दूतावाससँग पनि कुवेतले यसको जवाफ माग्न सक्दछ । आजै एक अर्को समाचार अनुसार आफूहरुलाई खानाको समेत पैसा कम्पनीले नदिने भएको भन्दै होकका कम्पनीका मजदुरहरुले कार्यलय घेराउ गरेका छन जहाँ नेपालीहरुको ठुलो जनसंख्या रहेको छ ।

सरकारले विदेशमा अलपत्र पर्नेहरुको हकमा यसरी नजरअन्दाज गर्दै गए नेपाली राजदूतावासमा ठुलो संख्यामा नेपालीहरु जाने संभावना बढिरहेको छ । एनआरएनको राहतले मात्र अव विचल्लीमा परेका नेपाली श्रमिकहरुको धैर्यता अब टुट्ने अवस्था भईसकेको बताईन्छ ।

उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा नेपाल पुरयाई दिने भनिएको अवस्थामा पनि यति ढिलाई हुनु र श्रमिकहरुलाई जाने मिती को कुनै सूचना दिन नसक्नु नै उनीहरुको अधैर्यताको मुल कारण हो भन्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...