Tuesday 21st July 2026

कसरी खुल्छ ३० मे पछि कुवेत ?


तोयानाथ उपेक्षित, आगामी मे ३० पछि कुवेतको जनजीवन सामान्य रुपमा फर्कने कुरा यहाँको सरकारले गरिरहदा मानिसहरुमा थप त्रास पनि बढिरहेको छ । तर सधै भरी लकडाउनमा राखेर जनजीवन पनि चल्ने अवस्थामा रहदैन । यसै बीच कुवेत सरकारले आगामी बुधवारका दिन ३० मे पछि कुन रुपमा र कसरी लकडाउन खोल्ने भनेर छलफल गर्दैछ ।

स्थानिय मुलधारका सञ्चार माध्यामहरुले आफ्नो समाचारमा ३० मे पछिको अवस्थाका बारेमा समाचार लेख्दै भनेका छन लक डाउन खोलिए पछि कोरोनाको ज्यादा प्रकोप रहेका एरियाहरु लाई अझै केही समयका लागि आईसोलेसनमा राख्ने र आशिंक कफर्यूलाई निरन्तरता दिन सक्ने कुरा उल्लेख गरेका छन । बरु पहिले देखि नै आईसोलेसनमा रहेको जीलिप र महाबुल्लाह का अलावा फरमानिया र मैदान हवाली लगायत अरु केही स्थानहरुलाई आईसोलेट गर्ने विषय छलफलकै क्रममा रहेको लेखेका छन ।

कुवेतभर नै लगाईएको २० दिने कफर्यु को आधा अवधी अर्थात १० दिनको प्रगतिको विषयमा छलफल भएको तर यस अवधीमा पनि संक्रमण नघटेकाले पूर्ण रुपमा लकडाउन हटाउदा स्थिती भयानक होला की भन्ने डर पनि अधिकारीहरुको छ । कतिपय ठुला कम्पनीहरुको गतिविधी ठप्प हुदा उनीहरु पूर्ववत अवस्थामा फर्कन गाहो भईरहेको र तुरुन्तै पूर्ण रुपमा खोल्दा जनजीवन जोखिममा रहने भय उतिकै रहने भएकाले अब को रणनीती कस्तो बनाउने भनेर सरकारी संयन्त्रहरुमा गंभिर छलफल भईरहेको बताईन्छ ।

सीमित समय खोलेर भए पनि आर्थिक गतिविधी बढाउने र जनजीवनलाई सामान्य बनाउदै लानेमा सरकारले चाडै नै केही नियमहरु अनिवार्य पालना गर्न पर्ने र नगरे दण्डनिय हुने व्यवस्था पनि गर्न लागेको छ । माक्सको अनिवार्य प्रयोग र महल तथा सुपर मार्केटमा सोसियल डिस्टेन्सिंग लाई कसरी कडाईका साथ लागु गर्न सकिन्छ भनेर नितीहरु आगामी दिनमा आउने भएका छन ।

कुवेतमा मानिसहरुको जनजीवन सामान्य बनाउने आगामी पहल कति प्रभावकारी हुन्छ त्यो भने हेर्न पर्ने हुन्छ तर लक डाउनको नतिजाले भने यहाँका अधिकारीहरु सन्तोस देखिन्दैनन ।

खाडी राष्ट्रमा कोभिडको पछिल्लो अवस्था


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...