Wednesday 29th July 2026

कुवेतमा १२ वर्षदेखि बेपत्ता आमाको खोजीको लागि छोरोको आग्रह


हरि कृष्ण न्यौपाने – तत्कालीन खरेपाङ-३ र हालको रोशी गाउँ पालिका-१ घर भई १२ वर्ष अगाडी कुवेत आएको र केही समय पछि देखि सम्पर्क बिहिन भएकी सीता माइली कार्की नेपालीको खोजीका लागि उनको छोराले अनुरोध गरेका छन।हालको उमेर करिब ५३ बर्ष रहेकी र कुवेत आए पछि ६-७ पटक मात्र फोनमा कुरा गरेकी आफ्नो आमाको खोजीको लागि धेरै सरकारी निकायहरू धाइसकेको तर अझै केही जानकारी पाउन नसकेको रत्न नेपालीले तितोपाटी डटकमलाई बताए ।

आमा कुन दिन कुवेत हिडेको समेत एकिन मिति नभएको बताउदै हाल शिक्षण पेशमा रहेका रत्न नेपाली भन्छन”आमा आझै हामीलाइ सम्झेर फर्किने र कुनै परिबन्धमा नपरेको भए उहाँले हामीलाइ भुल्ने छैनन,किनकी उहाँ, म र दिदिबहिनीहरुलाई असाध्यै माया गर्नु हुन्थ्यो “। उनी आफै प्रतिप्रशन गर्छन ” मेरो आमा आहिलेकै आममाफीमा कुवेतको आश्रय स्थलमा घर फर्किने क्रममा पो हुनुहुन्छ कि ? दूतावासमा बुझिदिनुस न।”

त्यसो त रत्नका अनुसार सानी आमासंग बुबा बस्नु हुने भए पछि आमाको खोजीमा आफू र चार जना दिदिबहिनी नगएको ठाउँ नै छैन।उनी भन्छन”जिल्ला प्रशासन त कति पटक गए कति पटक ?”राहदानी नं ३५२०७१८ रहेकी सीता माइली कार्कि नेपाली नेपालका एजेन्ट जित मान तामाङ मार्फत भारत हुँदै कुवेत आएकी हुन। कुवेत आएर एउटा घरबाट केही महिनामै अर्को घरमा सरेको र आफ्नो हात अलि अलि दुखेको बताएकी सीता त्यस पछि कहिल्यै सम्पर्कमा आइनन।रत्न भन्छन”नयाँ घरमा सरे पछि फोन गर्दाको नंम्बरमा त्यही बेला कुरा गर्दा साहुले यहाँबाट अर्को ठाउँमा गएको बतायो ।एजेन्टलाई पनि समात्न अनेक प्रयास गरे पनि सकिएन ।”

रत्न र उनका दिदीबहिनीहरु धेरै पटक परराष्ट्र मन्त्रालय धाए।दुई पटक खोजी गरिदिनु भनेर कुवेत दूतावससलाई पत्राचार गरिदिनु भयो तर केही खबर पाइएन ।बि.स. २०७० पुस १२ गते वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले आमा खोजी गरिदिन गरेको अन्तिम पत्र देखाउँदै रत्नले भने “मृत्यु नै भएको भए पनि लाश गायब त हुनु नपर्ने हो”।उनले अझै आफुमा आमा फर्किने आशा नमरेको बताउँदै कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरु, संघ-संस्थाहरु र नेपाली दूतावासले आफ्नो आमालाई खोजी गर्न सहयोग गर्न अनुरोध गरे।

कुवेतमा हराएकी सीता माइलीको बारे सम्पूर्ण जानकारी नेपाली राजदूतावासमा पठाइ सकिएको छ।दूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले भने”उहाको राहदानी नंम्बरको आधारमा कुवेतको सरकारी रेकर्ड हेरेर र स्पोन्सरको घरको पुरानो नंम्बरको आधारमा पनि तथ्य पत्त्ता लगाउन हामी प्रयास गर्ने छौं।”

फोटोमा देखिएकी सिता माईली कार्की नेपालीलाई कुवेतमा कसैले देख्नु वा चिन्नु भएको छ भने नेपाली राजदूतावास कुवेतको हटलाइन नं-९८८६९१२१ वा कोसेली न्यूज (तितोपाटी डटकम) का सदस्यहरु वा नेपालमा रत्न नेपाली -९८४९६३७७५५ वा ९८१३२७२८९४ मा सम्पर्क गरिदिनु होला।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...