Wednesday 8th July 2026

समस्यामा परेका श्रमिकहरुको”घर जान पाउँ”अनुरोध मन्त्रीहरुको हातमा


हरि कृष्ण न्यौपाने-कोरोना(कोभिड-नाइन्टिन) भाइरसको संक्रमणको महामारीका कारण विदेशी भूमिमा अलपत्र र समस्यामा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा सके सम्म छिटो नेपाल फर्काउन सम्बन्धित निकायलाई ज्ञापन पत्र मार्फत “घर जान पाउँ”अनुरोध पत्र बुझाईएको छ।
कम पारिश्रमिक भएका मध्यपूर्ब र मलेशियामा कार्यरत श्रमिकहरुको समूह श्रमिक सन्जालले सिआइएमआर, इक्यूडेम रिसर्च, ल्याप्सोज र समता फाउन्डेसनको हातेमालोमा बिदेशमा अप्ठेरोमा परेका श्रमिकहरुलाई घर फर्काउन मेई ०१,२०२० श्रमिक दिबसको दिनबाट शुरु गरेको “घर जान पाउँ” अभियानको दौरानमा प्राप्त समस्याहरुलाई समेट्दै उक्त ज्ञापनपत्र तयार गरिएको हो।
नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री, श्रम मन्त्री, नोभेल कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, राष्ट्रिय मानव अधिकार आयोग लगायतलाई ज्ञापनपत्र पठाउँदै सञ्जालले यस्तो आग्रह गरेको हो ।
सञ्जालले बुझाएको ज्ञापनपत्रमा अन्य मुलुकका श्रमिकहरुलाई तिनका सरकारले लकडाउनको अवस्थामा नै स्वदेश फर्किने व्यवस्था गरेपनि नेपाल सरकारले भने विदेशबाट श्रमिकहरुलाई फर्काउन सहज छैन भन्दै बारम्वार जहाँ हो त्यहिं रहिरहनू भनिरहनुले आफूहरुलाई हतास बनाएको उल्लेख छ । सञ्जालको ज्ञापनपत्रमा कोरोना सिर्जित संकट पश्चात् कयौं नेपाली श्रमिकहरुलाई गन्तव्य मुलुकका रोजगारदाताले विना पूर्व जानकारी कामबाट निकाल्ने, करार सम्झौता रद्ध गर्ने, बेतलवी विदामा बस्न दवाव दिने, पारिश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको पनि स्मरण गराएको छ ।
कतै हाम्रो सरकार हामी श्रमिकहरु प्रति अनुदार त भएको होइन भनेर प्रश्न गर्दै सञ्जालले सरकारलाई आफूहरुको अनुरोधको सुनुवाईका लागि गत मे १ तारिख देखि “घर जान पाऊँ” भन्ने अभियान सुरु गरेको उल्लेख गरेको छ ।
विदेशमा कार्यरत सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउनु पर्ने आफूहरुको माग नरहेको भन्दै सञ्जालले हाल विदेशमा अलपत्र अवस्थामा रहेकाहरुलाई उद्धार र घरफिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
यसरी ज्ञापन पत्र बुझाउनु पहिले मेई १० तारिक श्रमिक सन्जालले सिआइएमआर,इक्यूडेम रिसर्च,ल्याप्सोज र समता फाउन्डेसनका प्रतिनिधिहरु तथा श्रम-रोजगार पत्रकार समुह नेपालका अध्यक्ष सुनिल न्यौपाने सहित अन्य पत्रकारहरु र एनआरएन एनसिसि कुवेतका अध्यक्ष सुजन केसि संग सामुहिक कन्फरेन्स बैंककको आयोजना गरेको थियो।जसमा कुवेतको अहिलेको अबस्था र बिशेष गरि आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा स्वदेश फर्किने दिन कुरेर बसेका रहेका करिब ३००० नेपालीहरुलाई कसरि फर्काउन सरकारलाई खबरदारीका साथ सहयोग गर्ने बिषयमा छलफल भएको थियो ।
ज्ञापनपत्र जस्ताको त्यस्तै

 


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...