Friday 2nd October 2026

कुवेतमा आज पनि ११ नेपाली सहित ३५३ जना कोरोना संक्रमित, ४ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ११ नेपाली सहित ३५३ जना संक्रमित भएका छन, भने ४ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबभन्दा बढी आज पुष्टि भएको छ ।

कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ । जसमा आप्रवासी कामदारमा बढी कोरोना भाइसको संक्रमण फैलिएको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३५३ जना सहित अहिलेसम्ममा जम्मा ४,३७७ जनामा कोरोना संक्रमण भएको छ । अहिलेसम्ममा कोरोना भाइसबाट ७५ जना नेपाली संक्रममित भएका छन । कोरोना भाइरसबाट मृत्युु हुनेको संख्या थप ४ जना सहित ३० पुगेको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी १०३ जना भारतीय नागरिक रहेका छन । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ७२ वर्षिय कुवेती नागरिक, ५० वर्षीय बङ्गाली नागरिक, ४५ वर्षिय इन्डियन नागरिक र ६१ वर्षिय इजिप्टसियन नागरिक रेहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा ४,३७७ जना कोरोना संक्रमित मध्ये अहिलेसम्म १,६०२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरस संक्रमित २,७४५ जना विभिन्न अस्पतालमा उपचाररत छन, भने ७० जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ ।

तस्बिर -Arabs times kuwait


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...