जयनारायण माझी थारू-अप्रिल महिनाको १ तारिक देखि कुवेत सरकारले अवैधानिक आप्रवासी कामदारहरुलाइक् घर फिर्तीको लागि एमनेस्टी ( आममाफी )को ब्यवस्था गरेको छ जसमा कुवेतमा रहेका बिभिन्न देशका नागरिक सरह अवैधानिक भइ बसेका आप्रवासी नेपाली नागरिकहरु पनि बिना रोकतोक नेपाल जाने प्रावधान दिएको हो । यस सुविधाको फाईदा उठाउनको लागि कुवेत सरकारले अप्रिल २६ देखि अप्रेल ३० तारिख सम्म आफ्नो आफ्नो नाम दर्ता गराउनको लागि सुचना जारी गरिएकोछ। यसलाई मध्यनजर गर्दै कुवेतमा रहेको कुटनैतिक नियोग नेपाली राजदूतावास कुवेतले २५ अप्रिल शनिवार छुटिको दिन देखि नै गैरकानूनी भै बसेका नेपालीहरुलाई ट्राभल डकुमेन्टको लागि निवेदन बुझिलिदै प्रक्रिया पुर्याइ ट्राभल डकुमेन्ट बाडिएको कुरा तपाईं हामीमा सर्व बितिदै छ ।
यस कार्यमा नेपाली दूतावास कुवेत तथा दूतावास सँग सहकार्य गर्दै गैर आवसिय नेपाली संघ कुवेत लगायत कुवेतमा रहेका विभिन्न राजनितिक पार्टिका भातृ सङ्गठन , समाजिक संस्था, क्षेत्रीय संस्था , जातिय संस्था , तथा कुवेतमा रहेका नेपाली समाजका बुद्दिजिवी , ब्यापारी ब्यवसायी , समाजिक अभियान्ताहरुले सहकार्य गर्दै कुवेत सरकारले दिएको एमनेस्टी( आममाफी ) लाई कसरी प्रभावकारी बनाएर धेरै भन्दा धेरै अवैधानिक अप्रवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई नेपाल फर्काउन सकिन्छ भनेर विश्वलाइ नै महामारीको चपेटमा पारेको कोरोना सँग लड्दै आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गरिरहेका छन् जुन कुरा कुवेतमा रहेको नेपाली समुदायले गर्वको साथ भन्न सकिरहेको छ।
कुवेतमा कुटनैतिक नियोग तथा गैर आवसिय नेपाली संघ लगायत संघ संस्थाहरुले परि आएको खन्डमा जस्तो सुकै बिपतिमा पनि लड्न सक्षम छन भनेर यस पटक भएको गतिविधिले प्रमाणित गरिदिएको छ। यो सकारात्मक पाटो हुँदा हुँदै पनि अप्रवासी नेपालीहरुमा नेपाल फर्किने उमङ्ग सङ्ग सङ्गै निरासा पनि छाएको छ ।अवैधानिक नेपाली नागरिकहरु नेपाल फर्किनको लागि हातमा नेपाली दूतावासले दिइएको ट्राभल डकुमेन्टको साथ आ-आफ्नो झोला झिम्टी बोकेर कुवेत सरकारले तोकिएको क्षेत्रमा बाँकी प्रक्रिया पूरा गरेर नेपाल फर्किने दाजुभाइ तथा दिदी बहिनिहरुको अस्त ब्यस्त अवस्था हेर्दा एकछिन मेरो मन नै भकानियो । प्रत्येक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूको अनुहारमा आफ्नो घरदेस फर्किएर वर्षौ पछिको परिवार संगको मिलन झल्किदै थियो भने अर्को तिर निरासाहरु। आफ्नै देश फर्किने सपनाका पोकाहरु बोकेर नेपाली दाजुभाई तथा दिदिबहिनीहरु कुवेत सरकारले बताएको शिविर बाहिर खाडीको चर्को घाम ,जहाँ धुलो सहितको हावा र भोक भोकै आफ्नो पालो कति खेर आउँछ भनेर पर्खिरहेको देखिन्थ्यो । लगभग १ हजार ५ सयको हराहारीमा हुनुहुन्छ होला तर प्रत्येक एक मानिसमा एक सय भन्दा बढी परिवार तथा आफन्तहरु सँग मिलनको सपना बुनेको भाव झल्क्थ्यो । रमजानको महिना टन्टलापुर घाम पेटमा भोक अनि तिर्खा सँगै मनभरी जन्मभुमिमा पाइला टेक्न लालायित हजारौ हजार आशाहरु आँखामा ओइलाइरहेका देखिन्थे । हरेक नेपाली दाजुभाइ दिदिबहीको अनुहार नियाल्दै गर्दा आफ्नो परिवार अनिआफन्त सँगको मिलनको आसाको किरण हरु मात्र होइन निरासाका बादलहरु पनि उतिकै झल्किदै थियो । हरेकको अनुहारमा दोधारको ऐनाको प्रतिबिम्ब जस्तो छर्लङ आकारहरु देखिन्थ्यो । अब त एक दिन मात्रै छ नेपाली अप्रवासी दाजु भाइ तथा दिदिबहिनीहरु शिविर भित्र जान पाउने दिन ! यसपछी नेपाल जान पाइन्न कि पाइदैन भनेर कति त्यहाँ खटिएका स्वयंसेवक तथा भोलेन्टियर सँग प्रश्नहरु गरेको सुनिन्थ्यो तर स्वयंसेवक मित्रहरु सान्त्वना र आसाको दियो बाले जस्तै मनोबल दिन बाहेक अरु भन्न के नै सक्थे र !
आज मैले त्यहाँ हेरे हरेक अवैधानिक नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु थकित छन । रातिको ३ बजे पछि बकलाबाट पानी र एउटा ब्रेड किनेर खाने बाहेक मुखमा र्याल मात्र परेको छ , निद्राले सताईरहेको होला, शरीरको अङ्गहरु दुखिराखेको छ होला तर पनि नेपाल जाने आसाको किरणहरुलाई जिवित राखेर पालो कुर्दै छन ।
नेपाल सरकार र कुटनैतिक नियोगको तर्फबाट भाैतिक पुर्वाधार, जनशक्ति तथा श्रोत साधन र राहतको अभाव भएको तथा नागरिकहरूको स्वदेश फिर्तीको लागि पुर्व तयारी तथा अगृम ब्यवस्थापन नगरेको महसुस गरेको पाईयो । यो पं मैले आज यहि देखि अवैधानिक नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको शिविर बाहिरको कथा ब्यथा र निरासा । यसलाई सम्बन्धि निकायबाट छिटै पहल होस र नेपाली अवैधानिक दाजुभाई दिदिबहिनीहरुलाई सुरक्षित नेपाल फर्काउन पहल गरियोस ।
धन्यवाद ।