Thursday 10th September 2026

आज घर जान खोज्ने ४१८ जनाले ट्राभल डकुमेन्ट लिए


तोयानाथ उपेक्षित, गैर कानूनी रुपमा लुकिछिपी रहेर कुवेतमा काम गर्ने नेपालीहरुले एम्नेष्टिको फाईदा उठाउदै आजै मात्र आवेदन दिएका ६५० मध्ये ४१८ जनाले नेपाली दुतावासबाट ट्राभल डकुमेन्ट लिएका छन ।

भोलीबाट नेपाली लगायत केही अन्य देशका नागरिकहरुका लागि अप्रिल ३० सम्म घर जान दिने भनी कुवेत सरकारले आवेदन माग गरे बमोजिम नेपालीहरुले आज ट्राभल डकुमेन्टका लागि दुतावास पुगेका हुन । नेपाली दुतावास कुवेतले आजैबाट ट्राभल डकुमेन्ट जारी गर्ने हिजो मात्र सूचना जारी गरेको थियो । एक दिन पहिले जारी गरेको सूचनाका आधारमा आज त्यति ठुलो संख्यामा डकडाउनका बाबजुद गैर कानूनी रुपमा रहेका नेपालीहरु दुतावास पुगेका हुन ।

फरमानिया, खैतान, सुयोख, रिगाई तथा कुवेत सीटीमा रहनेहरुका लागि ट्राभल डकुमेन्ट लिन दुतावासले आज आउन भनेको थियो । यसरी नै भोली अर्थात २६ अप्रिलका दिन ट्राभल डकुमेन्ट लिन फाहाहिल मंगाफ र फिन्तास क्षेत्रमा बसोबास भएका इलिगल नेपाली कामदार लाई दुतावास आउन भनिएको छ । २७ अप्रिलका दिन ओफ्रा, अबदली, जहारा र साल्मिया तथा हवालीमा रहनेहरुले जान सक्नेछन । अप्रिल २८ देखि ३० सम्म अन्य क्षेत्रमा बसोबास गर्नेहरुका लागि दुतावासले ट्राभल डकुमेन्टका लागि आउन भनेको छ ।

समय नसिद्धिएका पासर्पोट रहेका तर गैर कानूनी रुपमा रहेर कुवेत बसोबास गर्नेहरुले भने ट्राभल डकुमेन्टका लागि राजदुताव आउन पर्दैन उनीहरुले कुवेत सरकारले तोकेको फरमानि स्थित सेन्टरहरुमा भोलीबाट सिधै जान सक्नेछन । राजदुतावास मा कुवेत सरकारले जारी गरेको सिभिल आईडी, पासर्पोट वा नेपाली नागरिकताको फोटोकपी हुनेहरुका लागि मात्र ट्राभल डकुमेन्ट लिन दुतावास जान पर्ने हुन्छ । कुनै पनि कानूनी कागजात नभएकाहरुको हकमा भने कुवेत कुवेत सरकारको निकाय जवाजत मा गएर पहिले फिन्गर प्रिन्ट गरी त्यसको रिर्पोट सहित ट्राभल डकुमेन्टका लागि दुतावास आउने र दुतावासबाट ट्राभल डकुमेन्ट प्राप्त गरेपछि कुवेत सरकारले तोकेको फरमानिया स्थित घर फिर्ति सेन्टरमा जान पर्दछ ।

जीलिप अल सुयोखका लागि त्यतैतिर व्यवस्था गरिएको छ भने माबुल्लाका लागि केही नेपालीहरुलाई आवेदन संकलनको जिम्मेवारी दिएको छ । यी दुई क्षेत्र कोभिड ले बढि प्रभावित क्षेत्र का रुपमा रहेको र तिनलाई आईसोलेट गरिएको हुदा दुतावासमा जान सक्ने अवस्था नभएकोले बैकल्पिक व्यवस्थापन गरिएको हो ।

कोभिडको संक्रमण पछि भएको लक डाउन र कफ्युका बीच विचल्लीमा परेका नेपालीहरुलाई राहत बाढन दिन रात खटिरहेको एनआरएन को जनशक्ति अहिले गैर कानूनी रुपमा रहेका नेपालीहरुलाई घर फिर्ता का लागि जुटेको छ । आम श्रमिकहरु र दुतावासबीच समन्वय गर्दै आज पनि दुतावासमा एनआरएनए कुवेत राजदुतावासमा सक्रियता पूर्वक लागेको पाईएको छ । भोलीबाट एनसीसी ले केही सदस्यहरुलाई फिर्ति सेन्टरमा खटाउने र केही लाई राजदुतावासमा खटाउने कुरा एनसीसी अध्यक्ष सुजन केसीले बताउनु भयो ।

महामारीको जोखिम मोलेर भिड व्यवस्थापन र कानूनी कागजात का लागि सहजीकरण गरिरहेको एनआरएनको भुमिका लाई सर्वत्र प्रशंसा गरिदैछ ।

यो संकटको घडीमा कुवेतमा रहेका दर्जनौ संघसंस्थाको भूमिका भने नदेखिएको गुनासो बढन थालेको छ । जसले जे गर्न सक्छ उसले एनआरएन कुवेतसँग सहकार्य गरे त्यसले घर फिर्तिका लागि आतुर हजारौ नेपालीहरुलाई राहत पुग्ने भएकाले सवैले चासो दिन जरुरी देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा…

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

प्रतिकृयाहरू
...