Sunday 19th May 2024

ईलिगल नेपालीका लागि खुशीको खबर


तोयानाथ उपेक्षित, कुवेत सरकारद्धारा गैरकानूनी रुपमा रहेका आप्रवासीहरुलाई घर जान दिने गरी खोलिएको एम्नेष्टिको लाभ नेपालीहरुले पनि लिन पाउने भएका छन । गत महिना देखि नेपालीहरुले सोधिरहेको सवाल र मागको सम्बोधन गर्दै नेपाली राजदुतावास कुवेतले आज आफ्नो आधिकारिक फेसबुक पेजमा तत सम्बन्धमा सूचना प्रकाशित गरेको छ ।

प्रकाशित सूचनामा भनिएको छ गत महिनाको फेब्रवरी २९ सम्म भिषा सिद्धिनेहरुले निम्न मिती र स्थानमा जान भनिएको छ । त्यसरी तोकिएको स्थानमा जानेहरुले आफनो व्याक्तिगत प्रयोगका सामानहरुको लगेज २० किलो भन्दा धेरै नलैजान भनिएको छ भने हेण्ड व्यागका लागि छुट्टै ७ केजी बोक्न पाउनेछन ।

कहाँ सम्पर्कमा जान पर्ने हुन्छ ?
यो सुविधा उपयोग गर्न इच्छुक नेपालीहरूले आगामी अप्रिल २६ देखि ३०, २०२० बिहान ९ बजे तोकिएको केन्द्रहरुमा सम्पर्क राख्न पर्ने भनिएको छ जसअनुसार पुरुषहरुले
१. जिलिब अल सुएख, नयिम बिन मसुद स्कूल ( बोइज, ब्लक ४, स्ट्रिट २५० Jleeb Al-Shuyoukh, Naeem Bin Masoud School- Boys, Block 4, Street 250 मा जानु पर्ने हुन्छ

२. महिलाहरुका लागि जिलिब अल ( सुएख, रूफाइदा अल ( अस्लामिया प्राइमरी गर्ल्स, ब्लक ४, स्ट्रिट २०० Jleeb Al-Shuyoukh, Rufaida al-Aslamia Primary School- Girlss, Block 4, Street 200 मा जान भनिएको छ ।

के कस्ता कागजात चाहिने हो ?

१. म्याद बाँकि रहेको सक्कल नेपाली राहदानी अर्थात पासर्पोट भएकाहरूले आफ्नो व्यक्तिगत सामानहरू सहित थप निर्देशन नआउँदा सम्म तोकिएको सेल्टरमा बस्न तयार हुने गरी जान पर्नेछ । यस्तो अवस्थाका श्रमिकहरुलाई कुनै ट्राभल डकुमेन्ट लिन जरुरत पदैन ।

२. सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आई. डी. नभएका तर फोटोकपी भएकाहरूको हकमा उल्लिखित कागजातहरूको प्रतिलिपि तथा चार प्रति पासपोर्ट साइज फोटो लिई ट्राभल डकुमेन्ट का लागि सोहि स्थान मै आवेदन दिन पाउने छन जहाँ दुतावासले त्यसको प्रबन्ध गर्नेछ ।
३. कुनै कागज नभएकाहरूको हकमा फिंगर प्रिन्टको आधारमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट प्राप्त गरेर मात्र चार प्रति पासपोर्ट साइज फोटो सहित ट्राभल डकुमेन्ट को लागि सोहि स्थान मै आवेदन दिन पाईन्छ । कुनै कागजात नहुनेहरुको कुनै अपराधिक रेर्कड छ छैन भन्ने हेर्न र उसको व्याक्तिगत विवरण प्राप्त गर्न फिंगर प्रिन्ट जरुरी हुने भएकोले यसमा आतिन पर्ने देखिन्दैन ।

जिलिब हसविया क्षेत्र बाहेकका अन्य सबै क्षेत्रमा बस्नेहरूका लागि
१. राहदानी अर्थात पासर्पोट भएकाहरु सिधै तोकिएको क्षेत्रमा जान सक्नेछन भने राहदानी नभएकाहरूले नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट प्राप्त गरी सकेपछि मात्र तोकिएको क्षेत्रमा जानुपर्ने हुन्छ दुतावास जान अगाडी कुनै कागजात नहुनेहरुले फिन्गरप्रिन्ट भएर दुतावास आउन पर्ने कुरा पहिले नै उल्लेख गरिएको छ ।

यसरी जीलिप ताथ हसविया बाहेका क्षेत्रमा रहेका पुरूषहरुले जो फरमानियामा रहनु भएको छ उहाँहरुले फर्वा्निया गभर्नरेट अल मुथान्ना प्राइमरी स्कूल ( बोइज, बल्क १, स्ट्रिट १२२ Farwaniya Governorate-Al-Muthanna Primary School- Boys, Block 1, Street 122 मा सम्पर्क राख्नु पर्ने हुन्छ भने महिलाहरुले फरमानिया गभर्नरेट स्थित फर्वा्निया प्राइमरी स्कूल ( गर्ल्स, बल्क १, स्ट्रिट ७६ Farwaniya Governorate-Farwaniya Primary School-Girls, Block 1, Street 76 मा जानु पर्नेछ ।

दुतावासमा अनावश्यक मानिसहरुको चाप नहोस भनेर विभिन्न क्षेत्रमा रहेका गैर कानूनी कामदारको सुविधालाई समेत ध्यानमा राखेर २५ अप्रिल फरमानिया, खैतान, सुयोख, रिगाई तथा कुवेत सिटीमा रहेकाहरुको काम गरिदिने छ ।

२६ अप्रिलका दिन फाहाहिल, मंगाफ, फिन्तासका लागि काम गर्नेछ भने अप्रिल २७ का दिन ओफ्रा, अबदलि, जहारा, सालमिया र हवालीमा बसोबास गर्नेहरुले सम्पर्क राख्न पाउनेछन । यसका अतिरिक्त अन्य क्षेत्रमा रहेका नेपालीहरुले अप्रिल २८ देखि ३० सम्म राजदुतावासमा ट्राभल डकुमेन्टका लागि जान सक्नेछन ।

राजदुतावासले माबुल्ला क्षेत्र आईसोलेट अवस्थामा रहेको र त्यहाँबाट नेपाली राजदुतावास जान कसैले पनि नसक्ने भएकाले त्यस क्षेत्रका लागि चाडै बैकल्पिक उपाय गरेर सूचना प्रकाशित गर्ने भनेको छ ।

गैर आवासिय नेपाली सँघ कुवेतका अध्यक्ष सुजन केसीका अनुसार राजदुतावासमा ट्राभल डकुमेन्टका लागि जाने र गैर कानूनी कामदारको अभिलेख रजिष्टर गर्न कुवेत सरकारले तोकिएका सेल्टरहरुमा एनसीसी कुवेत का पदाधिकारी तथा सदस्यहरुले सहजीकरणका लागि सहयोग गर्ने छन ।

अप्रिल २६ बाट नेपालीहरुले एम्नेष्टिको फाईदा लिन पाउने कुराको सूचना दुई दिन पहिले आज २४ अप्रिलका दिन नेपाली राजदुतावासले प्रकाशित गरेको हो । एक साता पहिले नै जानकारी देला भन्ने धेरैका आशा विपरित आज आएर तयारीका लागि समय नरहनेगरी छोटो समय दिएर सूचना निकाल्नुको कारण भने खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...