Tuesday 7th May 2024

भाइरसको भयबाट जोगिने प्रमुख तत्व खानपान र हाम्रो जिबनशैली


आर.बि.बुढाथोकी- भाइरसकोको भयले सक्रान्त बिस्वबासी अहिले पनि यस बिरुद्ध जुधीरहेका छन । यस बिसम परिस्थितीमा नेपाल पनि अछुत हुन सकेन र केही ढिलै गरेर छिरेको भएता पनि सर्बसाधारणमा यसको डर र भय भने कम छैन । सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ । यो बिस्वब्यापी भाइरसको भयबाट जोगिने प्रमुख कारक भने हाम्रो खानपान र जिबन शैली नै हो । यो बिसम परिस्थितीबाट उन्मुक्तीका लागि केही समय अझै लाग्ने प्रस्ट छ र हामीले हाम्रो खान पान र जिबनशैली परिवर्तन गर्नु जरुरी पनि छ।
लकडाउनको अबस्थामा घरमा रहेको अवस्थामा हामीले चाहेको जस्तो समान पनि किन्न पाउदैनौ र नर्मल जिबन यापन भन्दा फरक तबरबाट रहनु पर्ने हुँदा सबैलाई केही कस्ट त छदै छ यसमा पनि नियमित जिबन शैलीबाट फरक शैलीमा दिन कटाउनु पर्दा अझ गार्हो भएको अवस्था छ र यसको अर्को बिकल्प पनि छैन तसर्थ हामीले हाम्रो खान पान र जिबन शैलीमा पूर्ण परिवर्तन गर्नु नै आजको सबैको आबश्यकता हो भन्ने बुझ्नु जरुरी छ ।रोग अर्थात भाइरस प्रतिरोधात्मक शक्ती(इम्युनिटी पावर) बढाउने खालका खाना खानु जरुरी छ । यो समयमा सकेसम्म घरमा धेरै समान सन्कलन नगरौ,झोलिलो मोलिलो र हरियो सागपात बढी खाउ। प्राचिन मौलिक नेपाली खानालाई बढी प्रथमिकता दिएर गुन्द्रुक भटमास,सब्जी फाडो,आलु तामा बोडी,रस मासु,जोगी जाउलो,मेथी जाउलो,दुध रोटी,दाल रोटी,कर्कलोको अचार जस्ता झोलिलो मोलिलो खाना खानु स्वास्थ्यकर हुन्छ । तेल चिनी र नुन तीन कुरा न्युन गरेर खादा यो समयलाई उत्तम मानिएको छ र ररुवा(तारेको) चिज र बाहिर पाइने फास्ट फुड पनि उपयुक्त मानिन्न । के के मा पाईन्छ त इम्युनिटी पाउर बढाउने खाना
सिट्रसयुक्त फलफुलहरु कागती,जुनार,निबुवा,भगटे,किवी,अमला,अम्बा,मेवा,स्ट्रबरी,जुनार,लिच्ची,लप्सी,चेरी जस्ता फलफुल जुनमा अत्याधिक मात्रमा भिटामिन सि पाईन्छ र इम्युनिटी पावर बढाउन मद्त गर्दछ । त्यसै गरी पार्स्ली,थाइम,रायोको साग या गुन्द्रुक,काले,सोयाबिन न्युट्रेला(मसेउरा),मिसो पेस्ट,सोया मिल्क,टोफु,सोया सुप,ब्रुसेल,ब्रोकाउली,पहेलो भिडे खुर्सानी,हरियो सिमला मिर्च,गोल्भेडा,स्नो पिज,केसर इत्यदी खाना तथा सब्जीमा पर्याप्त मात्रमा रोग प्रतीरोधात्मक शक्ती पाईन्छ । प्राकृतिक एन्टिबायोटिक मानिने हुँदा लसुन,अदुवा,बेसार पनि अहिलेको स्थितिमा उत्तम मानिन्छ । त्यसै गरी भेटेसम्म चुकन्दर,बिभिन्न ड्राइ नुट ,मिक्स दाल,गेडागूडी,मकै,ग्रीन टि,अवोकाडो,चना,दही,किनोवा,डार्क चक्लेट,पर्याप्त पानी,स्याउ,अन्डा,कफी,सखर खन्डा,ब्राउन राइस,माछा,र केराले पनि तपाईंलाई शक्ती प्रदान गर्दछ ।यदी तपाईंसँग रोगप्रतिरोधात्मक शक्ती (इम्युनिटी पावर) पर्याप्त छ भने तपाईंलाई भाइरस सन्क्रमण भएता पनि छिट्टै रिकभर हुन्छ ।हामीले सहज अनुमान लगाउन सकिन्छ कि कोरना भाइरस साबुन पानी र सेनिटाइजरबाट रोक्न सकिन्छ भने यो आन्तरिक रुपमा प्रबेश नगरुन्जेल कुनै असर गर्दैन र सानो साबधानी अपनाएर इम्युनिटी पावर बढाएर रहन सकेमा सुरक्षित रहन सकिन्छ। लकडाउनको समयमा घर मै रहेर घर र घरको वरिपरी सरसफाइ राख्नु नै सजक हुनु हो ।
हाम्रो जिबन शैली कसरी परिवर्तन गर्ने
एक्कासी आएको यो महामारीका कारण हाम्रो दौडधुपको आफ्नै जिबन शैलिमामा ब्रेक लागेको छ र अपत्यारिलो तबरबाट घरमा लकडाउनको रुपामा बस्नु परेको कारण हाम्रो दैनिकीमा अचानक परिवर्तन आएको छ जसका कारण हामीलाई सहज रुपमा स्वीकार गर्न गार्हो भएको छ । यो बिसम परिस्थितीमा हामी संयम भएर घर मै बसेर हाम्रो जिबन शैली परिवर्तन गर्न सकेनौ भने हामी आँफैलाई यो घातक साबित हुन सक्छ अत समय मै हामीले एक रुटिङ मिलाएर समयलाई सहज बनाउन सके उत्तम हुने र यसो गर्नाले हाम्रो शरीरमा भाइरस प्रतिरोधात्मक शक्ती पनि पर्याप्त उत्पन्न हुन्छ ।समयमा सुत्ने समयमा उठ्ने नियमिता एकै समय मिलाउने,पर्याप्त मात्रमा तपाईंलाई निन्द्रा पुगेन भने पनि शरीरमा इम्युनिटी पावर कम हुँदै जान्छ । आफ्नो दैनिक सकेसम्म सरल बनाउन सक्नु नै उत्तम मानिन्छ। नियमित रुपमा योगा,ध्यान,जप,पुजा गर्नाले पनि शरीरमा शक्ती उत्पती हुन्छ र यसले शरीरलाई इम्युनिटी पावर दिन मद्त गर्दछ । बहिर जान नपाएता पनि आप्नो परिवारसँग रमाइलो र रचनात्मक काम गरेर एक अबसरको रुपमा लिन सकेमा पनि यसले तपाईंलाई सकरात्मक सोच तर्फ धकेल्छ र जिबन शैली सहज बनाउन पर्याप्त मद्द्त गर्दछ। लागु पदार्थ,मादक पदार्थ,चुरोट तथा सुर्ती जन्य बस्तुले तपाईंको शरीरमा इम्युनिटी पावर घटाऊनुको साथै नस्ट गर्ने मद्त गर्दछ तसर्थ यस्तो समयमा यि चिजहरुबाट टाढै रहनु बुद्दिमानी मानिन्छ । यो समयमा आफ्ना बच्चालाई पनि निगरानीमा राखेर रचनात्मक काममा उत्प्रेरणा दिनु पर्छ । कोरना भाइरसको अहिले सम्म कुनै भ्याक्सिन तथा औषधी नबनी सकेको हुनाले सचेतना र साबधानी नै हामो उत्तम उपाय हो । सजक रहु,सुरक्षित होउ,केही समय धर्य होउ,संयम जगाउ,घर मै बसेर सरकारलाई सहयोग गरी एक सचेत नागरिकको जिम्मेवेरी निर्बाह गरेर भोलिक भाबी सन्ततीलाई श्वस्थ र सुरक्षित जिउने बाताबरण सुरक्षित गरौ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...