Friday 26th June 2026

कुवेतबाट प्रधानमन्त्रीलाई पत्र


सम्माननिय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री को कार्यलय
बालुवाटार काठमान्डौ, नेपाल
बिषय – कुवैतदेखि नागरिक विन्तीपत्र
महोदय
गैरकानुनी हैसियतमा कुवेतमा दसकौ देखि कर्मथलो बनाउदै आएका नेपालीहरुको लागि कुवैतको राजाले लाल मोहर लगाइ आममाफी दिनुभएको कुरा सर्वविदीतै छ । जसअनुसार नेपाल सहित अन्यदेशका नागरीकहरुले पनि यो अबसर पाउने छन । आममाफी को समयअवधी एक महीना मात्र हुनेछ! अप्रिल १ गते देखि अप्रिल ३० गते सम्म मात्र । नेपालीहरुको लागि अप्रिल २६ तारीक देखि अप्रिल ३० गते सम्म मात्र विना जरिवाना आवेद्न दिन पाउने छन । आजको मिति सम्म नेपाली हरुको स्वदेश फिर्तीको लागि नेपाल सरकारको माताहत का निकायहरु मौन छन । वाध्य भएर पिडितहरुले छिटै न्याय पाउने आशामा सन्जाल मार्फत सम्माननिय प्रधानमन्त्री खडग प्रसाद ओली ज्यु लाई यो विन्ती पत्र चडाउदै छु ।

कोभिड-१९ कोरोना भाइरस को सन्त्रास छदा छदै फिलीपिन्स, बङ्लादेश, इजिप्ट र लेवनन जस्ता देशहरुले उच्च सतर्कता साथ आ-आफ्ना देशका नागरिकहरुलाई आ-आफ्नो मुलुकमा दोहोरो क्वारेन्टाइन सुविधा सहित सुरछीत अवतरण गराइ सके ।

कुवेतमा ८०००० नेपाली नागरिकहरु छौं। जसमध्य अनुमानित ४ हजार देखी ७ हजारको हारहारीमा नेपाली गैरकानुनी रुपमा कामगर्दै आयका छ्न । कुवैतमा अहिले को लगातार लकडाउन र क्रफिउले गैरकानुनी हैसियतमा रहेका नागरीकहरु विचल्ली अवस्था मा परेका छन । न त जागीर छ, न त खाने कुरानै छ! ८०००० हजार सबै नेपालीलाई मुलुक मा बोलाउनुस भन्या होइन ।मात्र हाम्रो माग- गैरकानुनी हैसियतमा कुवैत मा बस्दै नेपाली ७००० नेपाली नागरीकलाई प्रधानमन्त्रीज्यु मार्फत मातहतका निकाय लाई कुवैत देखि नागरिक फिर्ती को लागि कामकारवहि अगाडि बडाइ दिनको लागि मोहर लगाइदिनु हुन बिनम्र अपिल गर्दछु।

यो अवसर फेरि छिटै फर्किन न सक्ने कुराको अवगत गराउदछु । ती सबै स्वदेश फर्किन चाहने गरीकानुनि हैसियतमा रहेका नेपालीहरुको लागी मिनाहा गरियको जरीवाना १० करोड माथी नाघ्ने अनुमान छ । प्रधानमन्त्री ज्यु मार्फत यो माग लाई तुरन्तै सम्बोधन गरे, मिनाह गरिएको जरिवाना करौडौ रुपैया ती गैरकानुनी हैसियतमा रहेका नेपाली नागरीकले रेमिट्यान्स मार्फत नेपाल भित्र्याउने छ्न।
यो समय बाचौ र बचाउ र सहयोग को समय भएको हुँदा प्रधानमन्त्रीज्यू लाइ कुवैतमा गैरकानुनीरुपमा बस्दै आयका नेपाली नागरीकहरु प्रतीनिधित्व गर्दै सार्वजनिकरुपमा यो विन्तीपत्र चढ़ाएको छु ।
अभियान्ता
रामबहादुर बस्नेत
हाल-कुवैत


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...