Wednesday 8th May 2024

श्रम मन्त्री रामेश्वरराय यादवलाई कुवेतबाट खुला पत्र


जयनारायण थारु- लाखौ युवाको लागि उजाड भएको छ मेरो देश नेपाल ।तर केहि मुठ्ठि भरि मानिसको लागि स्वर्ग भएको हाम्रो देश नेपाल मैले तितो कुरा बाट नै अभिवादन गरे – बैदेशिक रोजगारिमा भेडा चराउन आएको खाडिको देश कुवेतबाट स्विकार्नुस म प्रवासिको अभिवादन तथा नम्सकार।

अहिले वर्तमान अवस्थामा covid-19 ( कोरोना ) भाइरसले पुरै विश्व मानव जिवन प्रभावित भएको छ / यो परिस्थितिमा बिश्वमा सम्पुर्ण देश सवधानिको साथ कोरोना सङ्ग लड्दै छ ।आफ्नो देशको साधन स्रोतले भ्याए सम्म कोरना भाइरसलाई नियन्त्रण गर्न लागि पछि परेका छन विश्व समाज  यस महामारि बाट प्रसावि नेपालिहरु पनि आछुतो छैन , नेपाल युवा शक्तीहरुको अहिलेको गन्तव्य नै हो बैदेशिक रोजगार , बैदेशिक रोजगारमा अहिले तथ्याङ्क हेर्ने हो भने भरत लगायत मसेलिया तथा खाडि र विश्वको तेस्रो मुकुक हरुमा लगभग ७०/७५ लाख युवा जनशक्ती आफ्नो पसिना खर्चन बाध्य छ ।एक प्रकारले भन्नु पर्दा देशको कुल अर्थतन्त्रको ३० % हिस्साको आधार नै हो बैदेसिक रोजगारि बाट पठाएको रेमिटान्स , हालसालै तपाईको प्रतिक्रीयाहरु समाजिक सन्जाल र अनलाईन मिडियाहरुले निकै ठाउ पाएको छ ! तपाईले दिनु भएको गैर जिम्मेवारि अभिब्यक्तीले भारत मलेसेयि तथा खाडि लगायत तेस्रो मुकुकमा रहेको प्रवासि कामदार हरुको मनोबलमा ठेस पुगे कै छ ।

रेमिट्यान्स ढुकुटीकाे दाेहन गर्दै विलासी बनेका देशका शासकहरुले सोच्नु पर्यो हामि प्रवासि नेपालि पनि नेपाल देशका नागरिक हौ हाम्रो पनि हाम्रो देशमा फर्किन पाउनु पर्छ जुन हाम्रो नैसर्गीक अधिकार भित्र पर्दछ । नेपालि प्रवसिलाई उद्दार गरेर बचाउने जिम्मा तपाईले लिनु पर्दछ कि नैइ ! तपाई त खालि श्रम मन्त्री त होइन तपाई त श्रम रोजगार तथा समाजिक सुरुक्षा मन्त्री पनि हो ।तपाईको कार्यक्षेत्र भित्र देश तथा बिदेशमा रहेको सम्पुर्ण नागरिकको समाजिक सुरुक्षाको दायित्व छ । जसको जिम्मा तपाईको काधमा आएको छ / यहाँ प्रवासमा धेरै नेपालि दाजुभाईको रोजगारि गुमिसकेको अवस्था छ । कतिपय नेपालि दाजुभाई दिदिबहिनिहरु भोक भोकै बस्नु परिरहेका छन । खास गरिकन प्राईवेट सेक्टरमा , सानो सानो रेस्टुरेन्टमा , सपिङ मलमा , ट्याक्सि चालक , ड्राइभर , होटेल , कन्ट्रकसन लाईनमा काम गर्ने कामदारको काम रोकिएको छ ।कम्पनिहरुले बेतलबी बिदा दिएर रूममा बस्न लगाएको छ । आफ्नो कामधन्दा रोकिएको छ । साहु- तथा कम्पनि तलव नदिएर बेखर्ची बनाइदिएका छन् । खाने–बस्ने मेलो छैन । भोकले सताउने दिन टाढा छैन , अलि अलि जोहो गरेर राखेको खर्च पानी सकिदैछ ! साँघुरो कोठाभित्र कोचिनु परेका छन , कति पीडामा छन्, कति कष्टकर जीवन भोगिरहेका छन् भन्न सक्दैनन् । व्यक्त गर्ने ठाउँ भएपनि पहुँच छैन । न यहाँ प्रवासि नेपालिको शक्ति नै काम लाग्छ । न नेपाल फर्किने कुनै उपाई नै / सत्तामा बसेका शासकहरु भने अझै पनि निदाईरहेका छन , प्रवासि नेपालिको दुखेसो सिंहदरबारसम्म कसले पुर्याई दिने।
पिठ्युमा कुम्लाे कन्तरो बाेकेर दक्षिणी भुगाेलबाट आफ्नाे थातथलाे आउन खाेज्नेलाई पनि उचित सुरक्षा प्रबन्धसहित ल्याउने जिम्मेदारी पनि तपाईको होइन र ? यो कुरा हरुको निराकरण कसले गर्ने नेपाल सरकारको माहतहतको कुट्नितिक नियोगले कि स्वयम नेपाल सरकारले कि श्रम मन्त्रालयले कि प्ररास्ट्र मन्त्रालयले कहिले काहि त प्रवासमा बसेका नेपालि हरुलाई लाग्छ होला हामि शरणार्थी नै हौ भनेर
मानिय मन्त्री ज्यु पत्र लामो भए तर ममना अझै प्रशनहरुको पाहडको थुप्रा हरुछन ! यसै सन्दर्भमा अर्को पनि कुरा जोड्ने अनुमति मागे /
कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीले विश्व मानव जातिलाई बनाई रहेको बेला कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा आप्रबासी नागरिकहरुलाई क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना टेष्ट पश्चात MOH कुवैतले,तोकेको मापदन्ड अनुसार संक्रमित भएकालाइ उपाचार गर्ने, स्वस्थ्य रहेकाहरुलाइ स्वदेश फर्काउने तथा पुन: कुवैत प्रबेश गर्न इच्छुक ब्यक्ति सजिलै आउन सक्ने गरी कुवेत सरकारले सुवर्ण अवसर प्रदान गरेकोमा हामी आभारी छौ।

यो अवसरमा विभिन्न देशले आफ्ना नगारिकलाइ स्वदेश फर्काइ सकेको छ भने, धेरै जसो देशहरुले पनि पठाउने प्रकृयाको तयारी गरिरहेका छन। तर नेपाल सरकार तहा श्रम मन्त्रालय र नेपाली राजदूतावास कुवेतले भने अबैधानिक नगरिक स्वदेश पठाउने बारे ठोस निर्णय गर्न सकेको छैन। त्यस कारण गैर कानुनी रुपमा रहेका धेरै नेपाली दाजुभाई-दिदिबहिनीहरु एकदमै चिन्तित र त्रासित अवस्थामा छन। तत्काल कुवेत सरकारसंग समन्वय गरी कुवेतमा गैर कानुनी रुपमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउन निर्णायक कदम चाल्दै नेपाल सरकार तथा श्रम मन्त्रालयले आफ्ना नागरिकहरुको सुरक्षाका लागि उचित ब्यबस्थापन गर्न सम्बधित सम्पुर्ण निकायलाइ तदारुकता साथ निर्देशन गरि काठमान्डौमा क्वारेन्टाइनको सुबिधाको ब्यबस्थापन गर्दै घर सम्म पुर्याउने बताबरण सिर्जना गरोस। सुरक्षित तरिकाले घरसम्म पुर्‍याउने ब्यबस्था मिलाएर हामी आम बैदेशिक रोजगार बाट स्वदेश फर्कज चाहानेहरुको नैसर्गिक अधिकार सुनिश्चित गरिदिनु भई तपाईं मा लागेको दाग मेटाउन सदैव लागि रहनु हुनेछ भन्ने हामी विश्वस्त छौ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...