Tuesday 28th May 2024

भ्रष्टचारीले लखेट्यो कोरानाले भेटायो


तोयानाथ उपेक्षित, भ्रष्टचारी र कोरोना सहदोर दाजु भाई जस्तै भए । यदि भ्रष्टचारीले गर्दा राष्ट्र खोक्रो हुदैनथ्यो भने कोहि नेपाली विदेशीन पर्ने थिएन । भ्रष्टचारीले गर्दा लखेटिएका लाखौ नेपालीहरु अहिले कोरोनाको चपेटामा परिरहेका छन । भ्रष्टचारले लखेटेर देश विदेशमा पुगेका नेपालीलाई कोरोनाले निशाना साधिरहेको छ । जतिजति कोरोनाको कहर ले सताउदैछ देश लुट्ने भ्रष्टहरुप्रति विशाल घृणा र आक्रोश जनतामा पैदा हुन थालेको छ ।

अहिले विश्वभरी रहेका नेपालीहरु आफ्नो देश फिर्न पर्ने अवस्थामा पुगेका छन । कयौको नोकरी गईसक्यो तर उनीहरुले चाहेर पनि फिर्ने बातावरण बनेको छैन । जसको जागिर घिटीघिटी छ उनीहरु पनि त्यसको लोभ गर्ने वाला छैनन । विचल्लीमा परेका हुन वा त्यस अवस्थामा नपुगिसकेका हुन प्राय सवैको मनोविज्ञान स्वदेश फिर्ने बनिसकेको छ । राजदुतावास र एनआरएनले राहत र खाद्यान्न दिएर कहिले सम्म उनीहरुको सास अडयाउन सक्छन कुनै ठेगान छैन । कोरोना ले सताउने वा छाड्ने कहिले हो त्यसको हेक्का कसैलाई छैन ।

राज्यले देश खोक्रो पारेपछि विदेशीन बाध्य युवाहरुको रेमिटयान्समा उ बाचिरहेको यो बेला उसले विदेशमा हुने कसैको पनि उद्धार गर्न चाहादैन । मरे उतै मरुन बाँचे तिनले कमाएको पैसा कहाँ पो जान्छर ? आखिर पासो राज्यकै हातमा छ । चालिस लाख मानिसलाई ढोका खोलिदिएर अढाई करोड नेपाली जनतालाई मार्नु छैन भन्ने तर्क गरेर बसेको राज्यसँग विदेशमा रहेका युवाहरुको असहमति होईन तर अर्काको देशले लैजा भन्न मात्र बाकी रहेको अवस्थामा सरकारले त्यतातिरको तयारी गर्न थालेको छैन । आज नभए भोली यदि भ्याक्सिनको विकाश चाडो भन्दा चाडो भएन भने ती देशहरुको प्राथामिकतामा कुनै विदेशी पर्नेवाला छैनन । त्यतिबेला आफ्नो देश उत्तरदायीत्व विहिन भईदियो भने के हुन्छ ? भोलीको दिन कसैले देखेको छैन । राज्यले आफ्ना विदेशमा भएका नागरिकप्रति कु्रर मनोविज्ञान पालेर बस्न मिल्दैन । नेपाल फर्कनेहरुका लागि पूर्वतयारीको काम थाल्न पर्ने हुन्छ । तर यसदिशामा उसले कल्पना समेत नगरेको जस्तो देखिन्छ । जो विदेशबाट आउछ उसले कोरोना लिएर नै आउछ भन्ने खालको सूचना र सन्देश फैलाएर उसले आफूलाई देशभित्रको समर्थन कायम राख्ने दुरासय राखेको छ भन्ने आभास हुन थालेको छ । विदेशमा हुने सवै कोरोना ग्रसित नेपाली भईसक्यौ भन्ने राज्यको प्रचार शैली दायीत्वबाट विमुख हुने चलाखी मात्र हो भन्ने बुझ्न गाहो छैन । जनताले पनि आफ्नै परिवारको सदस्यलाई पनि स्वीकार नगर नत्र तिमी पनि छैनौ भनेर सन्देश दिन छाड्न पर्दछ । प्रत्येक नागरिकले आफ्नो परिवारका सदस्यलाई क्वारेन्टाईन बनाउन सक्छन बरु त्यसका लागि तयारी बस भन्न पर्ने होईनर ? कोराना लाई किन आउन दिने ? नेपाली आउने होर ? यस्तो लाग्छ हामी सवै कोरोना हौ ।

कतिपय ले यहाँ देशको क्षमताको कुरा गर्ने गर्दछन र आशाबादी भएर भगवाना भरोसा बाँच्न सन्देश दिईरहेका पनि छन यहि सहनशिलता र बाध्यात्मक बैदेशिक रोजगारीको घिडघिडो मनमा पालेर बसेका नेपालीहरुको मौनतालाई राज्यले फाईदा उठाईरहेको छ । उघोग र कृषी मा लगानी गर्ने प्रयास हिजोका दिनमा गर्न छाडेर मुलुकलाई कुल्ली उत्पादन गर्ने कारखाना बनाउनुको परिणाम आज यति ठुलो जनसंख्या विदेशमा प्रताडित छ । नयाँ नयाँ मुलुकको खोजी गर्दै नयाँ नयाँ कुल्ली भर्ति केन्द्रका गन्तव्यको खोजीमा पञ्चायत पछिका हरेक सरकार लागेको परिणाम आज नेपाली युवाहरुले भोगिरहेका छन । यो कुरा कसलाई थाहा छैनर ? कोरोनाले सवैलाई आज आफ्नो देश र माटोको माया के हो भन्ने मात्र सुझाएन देशका भ्रष्टचारीप्रतिको नजरअन्दाज को परिणाम के हो भन्ने पनि बुझाई दिएको छ ।

हो अहिले कोरोनाले कस कसलाई छानीछानी लान्छ केही भन्न सकिने अवस्था छैन । यति बेला राज्य संयन्त्र र प्रणालीको दोष केलाउने बेला होईन तर यसको कहरबाट बाचिएछ भने कहिल्यै नभुल्ने गरि भ्रष्टचारीहरुका विरुद्धमा लाग्ने प्रण गर्ने यहि बेला हो । अलिकति मात्र भ्रष्टचारको गन्ध आउने वितिकै तिनको सातपुस्ताले नभुल्ने सजाय दिने मानशिकता र संकल्प लिएर घर जाने आशा बोकेर बस्ने बेला पनि हो ।


सम्बन्धित शीर्षकहरु

सदाको वर्षहरुझै यो वर्षपनि तीन किराती हरुले संयुक्त रुपमा सँगीतकार तथा गायक अनिल कोयी राईको साथमा किरातिहरुको महान चाड यक्वा…

कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी…

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार…

प्रतिकृयाहरू
...