Thursday 10th September 2026

कुवेतमा कोरोना संक्रमितको संख्या १,१५४, एकै दिन  १६१ जना थप संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या १,१५४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण देखिएको छ भने जसमा १०१ जना भारतीय नागरिक रहेका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा १,१५४ जना संक्रमित मध्ये अहिले सम्म १३३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना संक्रमित १,०२० जना अस्पतालमा उपचाररत छन भने  २७ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म एक जना भारतिय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...