Monday 5th October 2026

टेष्टिङको लागि नमूना लिन गएको निगमको जहाज नेपालगञ्ज विमानस्थलमा चिप्लियो


नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ।शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो।

विमानस्थलमा रहेका सई सन्तोष साहले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर गएको बताए।‘कुनै क्षति भएको छैन। जहाजमा उडान दलका सदस्य ३ र जना स्वास्थ्यका प्रतिनिधि सवार थिए,’उनले भने।

उनका अनुसार जहाजको प्राविधिक परीक्षणपछि उड्ने/नउड्ने निश्चित हुन्छ।उक्त जहाज टेष्टिङको लागि नमूना लिन गएको थियो।

यसअघि नेपाल एयरलाइन्सका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले स्वास्थ्य मन्त्रालयको अनुरोधमा स्वाब संकलनको लागि पश्चिमतिरको नेपालगञ्जबाट ल्याउने छलफल भएको बताएका थिए। ‘पहिलो उडान गर्दैछौं। परीक्षणको रूपमा र त्यो सफल भए निरन्तरता दिने वा नदिने छलफल हुने’ उनले बताएका थिए।

-तस्बिर शिव दाहालको ट्वीटरबाट।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...