Thursday 24th September 2026

युएईमा रहेका दुई नेपालीमा कोरोनाभाइरस


तितोपाटी- युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ।
सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक रहेका छन्। उनीहरूलाई पहिले क्वारन्टाइनमा राखिएका बिरामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन।
अहिलेसम्म युएईमा ५९ जनामा कोरोना संक्रमण भेटिएको छ। साथै सोमबार मन्त्रालयले पाँच जनाको उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिसकेको बताएको छ।-साभार सेतोपाटी बाट


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...