Tuesday 27th October 2026

युएईमा रहेका दुई नेपालीमा कोरोनाभाइरस


तितोपाटी- युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ।
सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक रहेका छन्। उनीहरूलाई पहिले क्वारन्टाइनमा राखिएका बिरामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन।
अहिलेसम्म युएईमा ५९ जनामा कोरोना संक्रमण भेटिएको छ। साथै सोमबार मन्त्रालयले पाँच जनाको उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिसकेको बताएको छ।-साभार सेतोपाटी बाट


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...