Saturday 27th April 2024

साउदीमा कोरोना संक्रमण,नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह


तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी बढ्दै गएपछि अधिकारीहरुबाट साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द समेत गरिएको छ । उक्त क्षेत्रबाट बाहिर गएका बासिन्दालाई भने शहर भित्र आउन दिइएको छ। सो क्षेत्रमा सरकारी कार्यालय, निजी संस्थाहरु, यातायात तथा क्याटरिङ सेवा लगायतका सेवाहरु बन्द गरिएको जनाइएको छ ।

उक्त क्षेत्र र वरपर रहेका नेपालीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न सम्भव सबै उपायहरु अवलम्बन गर्न दूतावासले अनुरोध गरेको छ । साउदीमा सरकारले कोरोनाभाइरसबाट बच्नका लागि देशभरिका सम्पूर्ण विद्यालयहरु, विश्वविद्यालय, मदरसाहरु अर्को सूचना प्रकाशित नभएसम्मकालागि बन्द गरेको छ ।

आइतबार देखि साउदी सरकारले युएई,कुवेत,बहराइन,दक्षिण कोरिया,इटाली,इराक लगायतका देशहरुबाट आवागमनमा रोक लगाएको छ । विदामा नेपाल जाने, नेपालबाट परिवारका सदस्यहरु ल्याउने वा अन्य यात्रा तय गर्दा सम्पूर्ण कुराहरु विशेष ध्यान दिन दूतावासले आग्रह गरेको छ ।

साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिनसक्ने छन । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न साउदीमा रहेका नेपालीहरुलाई दुतावासले भनेको छ ।

दूतावासकाअनुसार यस रोगको संक्रमणको शंका भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको हेल्थ सर्भिस सेन्टरको टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनसकिनेछ । त्यस्तै साउदी अरबमा विभिन्न मुलुकका नागरिकहरु कार्यरत रहेका हुंदा उनीहरुसंगको भेटघाट, अंकमाल तथा हातमिलाउने कार्यलाई अत्यावश्यक अवस्थाका लागि मात्र सीमित गर्न अनुरोध गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु…

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

प्रतिकृयाहरू
...