Thursday 23rd July 2026

कुवेतमा कोरोना भाइरस संक्रमित छैनन-स्वास्थ्य मन्त्रालय


हरि कृष्ण न्यौपाने- कुवेतको स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २२,२०२० का दिन सम्म कोरोना भाइरस संक्रमितहरु कुवेतमा नभएको जनाएको छ।।एक प्रेश बिज्ञप्ति निकाल्दै मन्त्रालयले भनेको छ “अहिले सम्म कुवेतमा कोरोना भाईरसको लक्षण भएका बिमारी भेटिएको छैन”।
यसै बिच इरानमा कोरोना भाइरसको संक्रमण शुरु भए पछि कुवेत सरकारले इरानमा भएका करिब ७०० जना आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ।यहि योजना अनुसार २२ फेब्रुअरी शनिबार बेलुकी ६:०० बजे इरानबाट पहिलो फ्लाइट १३० जना कुवेती नागरिकलाई लिएर कुवेत एयरपोर्टको टर्मिनल-३ मा अवतरण भयो भने सबै यात्रीहरुलाई डाक्टरको प्रत्यक्ष निगरानीको लागी क्वारेन्टाइनमा राखिने छ।

यसै गरी फेब्रुअरी २३ तारिकबाट इरानदेखी कुवेत आउने पानी जहाज सेवा पनि बन्द गरिएको कुवेत टाइम्स, अरब टाइम्स तथा स्थानिय न्यूज पोर्टलहरुले जनाएका छन।

त्यतिमात्र होइन कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेतका एयर्पोर्टहरुबाट बाहिरिने तथा कुवेत भित्रीने यात्रुहरुलाई अंग्रेजी र अरबिक भाषामा कोरोना भाइरसबाट वच्न अपनाउनु पर्ने विभिन्न उपायहरुका बोर्डहरु लगाएतका प्रचार सामाग्रीहरु मार्फत सचेतना गराईरहेको छ।


सम्बन्धित शीर्षकहरु

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

प्रतिकृयाहरू
...