Monday 5th October 2026

कुवेतको अल-मुत्ला दुर्घटनामा ज्यान गुमाएका बाँकी २ जनाको पनि सनाखत


तितोपाटी – गत बुधबार १२ फेब्रुअरीको दिन कुवेतको अल-मुत्ला प्रोजेक्टमा भएको दर्घटनामा ज्यान गुमाएका अन्य २ जनाको पनि सनाखत भएको छ। सनाखत भएका २ जना पुर्ण बहादुर सुनरी मगर नवलपरासी र राजु रोका मगर रोल्पा रहेको कुरा नेपाली रादजदूतावास कुवेतले एक प्रेस विज्ञप्ति सार्वजनिक गरि जनाएको छ।

दुर्घटनामा २ जना घाइते भएको र ६ जनाको ज्यान गएको पुष्टी भएको थियो भने २ जना घाइते र ज्यान गुमाएका ४ जनाको गत हप्ता नै दूतावासले प्रेस विज्ञप्ति मार्फत विवरण सार्वजनिक गरेको थियो।

विज्ञप्ति मार्फत दूतावासले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...