Sunday 19th May 2024

स्त्री-देह पुरुष लैङ्गिक सम्बन्धको गुलाम कहिले सम्म?


रेश्मा तामाङ – यदि संसारमा कुनै पुरुषले सबैभन्दा ठुलो शक्ति,शास्त्र,शस्त्र,बल र बुद्धिलाई ठान्छ भने त्यो पुरूष अधुरो हुन्छ । एउटा पुरुष मानिसको सबै भन्दा ठुलो शक्ति उसकोश्रीमती नारी हुन।जब एउटा पुरुषले आफ्नो बाटो बिराउछ, उसकी श्रीमती शास्त्र बनेर बाटो देखाउछे । जब एउटा पुरुष जिवनबाट हार खान्छ्न तब श्रीमती शस्त्र बनेर मनोबल बढाउछे जब एउटा पुरुषले जिवनमा एकलोपनको महशुष गर्दछ छ तव उसको श्रीमती मायाको खानी भएर संसारमा हाँस्न र रमाउन सिकाउछे । एउटा नारीले आफ्नो श्रीमान र परिवार र समाजको लागि उसका सारा इच्छा र आकांक्षलाइ तिलाञ्जली दिन्छे तर त्यहि एउटा नारीलाई हाम्रो पुरुष प्रधान समाजले एउटा शारीरिक सुख भग्ने उपकरणको रुपमा ब्यख्या गर्न तल्लीन हुन्छ ।
कुनै समयमा चर्चित लेखक/कवि पारिजात दिदीले ‘मानुषी’कविता मार्फत भनेका थिइन:
तिमीलाई स्वास्नी मान्छेले बलात्कार गर्यो
तिमीलाई स्वास्नी मान्छेले कलङ्कको टिका लगाईदियो ।
तिमीलाई स्वास्नी मान्छेले बेच्यो !
तिमी निरुत्तर छौ यस प्रश्नको अघि,
आजको सत्तारुढ तिमी
शताब्दी शताब्दी अधि
झगडालु,ईषर्यालु वनमानुष तिमीलाई
माया र सह अस्तित्वको अङ्गालोमा बाँधी
आफ्नो ओढारको छानोमुनि भित्र्याएकी थिए ।
जसरी आज तिमी
दाईजोको लावा लस्कर सङ्ग घुम्टो लुकाई
पशुलाई जस्तै रुवाउँदै भित्र्याउने गर्छौ ।
स्त्रीलिङ्गी दृस्टिकोणबाट उठेका सवालको कठघरामा उभिएका छन पुरुष सत्ता र पुरुषरुढ हरु। अब सम्पुर्ण महिला दिदीबहिनीहरुले जवाफ खोज्नु पर्ने बेला भएको छ, के महिला भनेको शरीर मात्र हो त? के स्त्री देह भनेको पुरुष लैङ्गिक सत्ताको गुलाम मात्र हो त? महिलालाई पुरुषको मौजाको रुपमा कहिलेसम्म प्रयोग गरि छाड्ने? महिलाको कर्मेन्द्रियलाइ मात्र होइन, महिलाको सिङ्गो शरीरलाई आफ्नो बाउको बिर्ता ठान्ने समान्त सोच,सत्ता र मानसिकतालाई कहिले सम्म टिकाईराख्ने? महिलाको शरीरसँग प्रेम र विवाहको राजनिति तथा सम्पती शक्तिको सम्बन्ध र मानसिकता त जरो गाडेर बसेका त छैनन? यसबारेमा अब खोज,अध्ययन, विचार बिमर्स गर्ने बेला भएको छ।
पितृसत्तात्मक व्यवस्थाका कारण युगौ देखि विभेदको शिकार हुँदै आएका नेपाली महिला माथि दमनमा प्रयोग हुने अपशब्द बोक्सी, बाँझ, राँडी । केही अपवाद बाहेक कुनै पनि पुरूषलाई बोक्सी भनिँदैन बोक्सीको आरोप लाग्नेहरु प्रायः गरीब,निमुखा,दलित,असहाय,बृद्ध-बृद्धा एकल महिला,अशिक्षित रहने गरेका छन् । अर्थात आर्थिक रूपले अति विपन्न त्यसमा पनि एकल महिलाहरु बोक्सीको आरोपमा प्रताडित हुने गरेको छन्। रूपले सुन्दर,पढेलेखेका,सम्पन्न परिवारका कुनैपनि महिलालाई कहिले पनि कुनै किसिमको लान्छना लगाएको उदाहरण भेटिदैन।
मलाई लाग्छ एउटा नारीको जिवन नै सङ्घर्षको जिवन हो । हामी नारीहरुको आवाज बुलन्दको लागि, नारीहरुको अधिकार प्रत्याभुत गराउनको लागि नारीहरुलाई भर्याङ्ग (सिढी) बनेर बिभिन्न किसिमको आन्दोलन गरेर आज देशमा बिभिन्न खालको परिवर्तनहरु भएका छन तर हाम्रो नेपाली समाजमा अझै पनि समस्या जहाँको त्यहीँ छ । नेपालमा आर्थिक, राजनैतिक परिवर्तनको कारण समान्ती अवस्था र सत्ता ढलिसकेका छन तर समान्ती सस्कृति ढलिसकेको छैन बरु पुन्जिवाद सँँगै बलियो जरा गाड्दै गएको छ। राजनितिक शक्ती र सङ्गठनमा सांस्कृतिक क्रान्तीको चरम अभाव र भिजन नभएकाले त्यसबारे खासै पहल नभएको अवस्था यथावत छ । सांस्कृतिक क्रान्तीको अभावमा ब्यक्तिको मानसिकता,प्रवृत्ति र आनीबानीमा सामन्ती सोच ढलिसकेको छैन । प्रेम,यौन,बिवाह, परिवारको मामिलामा कायम रहेको पुरुषसत्तात्मक सोचको छाप प्रचिन सभ्यता, बिशेष गरि नेपाल भारत लगायत दक्षिण एसयाली समाजमा नारी र सम्पतीको सम्बन्धमा उदाहरणीय रुपमा देखिन्छ । मानिसको हेराई,बुझाई,भनाई, गराई र आचरण हेर्दा पाईला पाइलामा महिला प्रतिको दुस्प्रवाभ भेटिन्छ । यो समस्या हाल नेपालभित्र मात्र नभएर आफ्नो आर्थिक स्थिति कम्जोर भएको कारण रोजगारीको शिलशिलामा विदेशिएका महिला दिदीबहिनीहरु माथि समेत भइरहेको छ । विदेशमा विकसित समाज र समुदायमा आएका नेपली दाजुभाईहरुमा पनि नारी प्रतिको हेराईमा समानता आएको छैन । यहाँको समाजिक व्यवस्थाबाट सिख्नु पर्ने कुराको ज्ञानको कमिले गर्दा हो कि पुरुषसत्तात्मक सोचले विदेश्मा समेत अपवाद बाहेकका रोजगारीका लागि आएका महिलाहरूले बिभिन्न अपशब्द खेप्नु परेको जस्तै:माल, रण्डी,भालु इत्यादी ।
राजनैतिक परिवर्तन सँगै आर्थिक बिकास र समृध्दिको नारा घन्काई रहदा बलात्कार, यौन हिंशा, यौन अपराध,महिला हिंशाका अपराधहरु अझैपनि दिन प्रतिदिन सुन्न छोडेका छैन । बरु यस्तो खालको अपराधलाई ठुलै शक्तिहरु बाट प्रोत्साहन दिने परिस्थिति र मनस्थितिलाई टेवा दिरहेको छ भन्ने आभास हुन्छ । वर्तमानमा नेपालको जल्दो बल्दो उदाहरणको रुपामा महिला अधिकार सम्बन्धि हेर्ने निकाय महिला बालबालिका तथा समाज कल्याण मण्त्रालयमा पुरुष मन्त्री नियुक्त हुनुलाइ लिन सकिन्छ । यस्तो कार्यबाट कसरी महिलालाइ अधिकार प्राप्त हुन सक्छ? यो सोचनिय विषय हो। यस्तो संवेदनशील अवस्थामा स्त्री प्रतिको दृस्टिलाई सम्बन्धित निकायले मानविय प्रेम भाव र अधिकारहरुलाई कसरी बढवा देला र! लोकतान्त्रिक पद्धतिबाट कसरी निति निर्माण तथा समातामुलक समाजको निर्माण गर्ला र!
नारी र पुरुष हातमा हात मिलाएर एउटै सिक्काको दुई पाटा सम्झि लोभ,मोह, क्रोध स्वार्थ, पुरुषले मात्र गर्न सक्छ भन्ने अहङ्कार र सबै प्रकारको हिंशा त्यागि नारीको ज्ञान,शिप र कलाको सम्मान गर्दै क्षमता, मेहनत,लगन र इमान्दार,बफादार भएर कार्य गर्ने नारीहरुलाई आपसी विश्वासको साथ जिम्मेवारी दिएमा बल्ल घर, परिवार, समाज र देश अग्रगतिमा जान सक्छ । नारीलाइ सम्मान र इज्जत गर्दै परिवार समाज र राज्ज्यको रहेक निकायमा सम्मानजनक उपस्थिति गर्न र गराउन सके मात्र आर्दशयुक्त स्वर्गरुपी परिवार, समाज र देश निर्माण गर्न सम्भव हुन्छ । सबैलाइ बेलैमा चेतना भया ।
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...