Wednesday 17th June 2026

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, हिँड्न सक्ने भए


तितोपाटी –  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अहिले  बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्ग प्रसाद ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको बताएको छ । मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो। अहिले प्रधानमन्त्री ओली केहि पाइला हिड्न सक्ने भएकाछन्। अस्पताल श्रोतले बताए अनुसार प्रधानमन्त्री कम्तीमा पनि एक साता अस्पताल बस्नु पर्नेछ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई आज जाउलो खुवाइनेछ। यसअघि हिँजो बुधबार उनलाई कालो चिया र जुस खुवाइएको थियो। प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपछि खाना पनि बिस्तारै बढाइंदै लगिने डाक्टरहरूले बताएका छन् ।

प्रधानमन्त्रीलाई बिहीबार पत्नी राधिका शाक्य र परिवारका सदस्यहरूले मात्र भेट्ने छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्रीका शुभेच्छुक बुधबार पनि अस्पताल पुगेका थिए। तर उनीहरूलाई प्रधानमन्त्रीसँग भेट गराइएको थिएन।

यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस गरिएको छ। एक महिनामा प्रधानमन्त्रीले पाँच पटक डायलासिस गराएका छन्। सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली सोमबार बिहानै अस्पताल पुगेका थिए। अस्पतालमा परीक्षण गर्दा उनलाई एपेन्डिसाइटिस (एपेन्डिक्स सुन्निने) र पेरिटोनाइटिस (पेटमा संक्रमण) भएको देखिएको थियो। त्यसपछि उनको शल्यक्रिया गरिएको थियो। बुधबार बिहानसम्म ओलीलाई भेन्टिलेटरमा राखिएको थियो। यसअघि प्रधानमन्त्रीको डायलासिस धापासीस्थित ग्रान्डी अस्पताल भएको थियो। आइतबारमात्र उनको चौथो पटक डायलासिस भएको थियो।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...