Wednesday 28th October 2026

कुवेतमा थुनामा परेका २१ नेपालीलाई स्वदेश फर्काउन निर्देशन


तितोपाटी-कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल नेपाल फर्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकले कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा  कुवेत अाइ कम्पनीमा काम गर्दैगर्दा गैरकानूनी बनेका २१ जना नेपाली श्रमिकहरुलाई कुवेत सरकारले थुनामा राखेको छ। उनीहरुलाई उद्धारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको समितिले जानकारी दिएको छ। उनीहरुलाई अवैध रुपमा कुवेत पुर्याउने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...