Monday 28th September 2026

कुवेतमा थुनामा परेका २१ नेपालीलाई स्वदेश फर्काउन निर्देशन


तितोपाटी-कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल नेपाल फर्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकले कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा  कुवेत अाइ कम्पनीमा काम गर्दैगर्दा गैरकानूनी बनेका २१ जना नेपाली श्रमिकहरुलाई कुवेत सरकारले थुनामा राखेको छ। उनीहरुलाई उद्धारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको समितिले जानकारी दिएको छ। उनीहरुलाई अवैध रुपमा कुवेत पुर्याउने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...