Wednesday 28th October 2026

विदेशबाट नेपाल फर्किएका युवाहरुले चिस्यान केन्द्र परियोजनामा लगानी गर्दै


तितोपाटी-वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने भएका छन्।

रिटर्नी समूहले गण्डकी प्रदेश अन्तर्गत नवलपुरको कावासोती नगरपालिका स्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रियाअघि बढाएको हो।उक्त चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको लगानी रहने र बाँकी ३० प्रतिशत लगानी कम्पनीका सेयर सदस्यहरूको रहने बताइएको छ। परियोजनामा लगानी गर्ने सेयर सदस्यहररू छनाेट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यहरूलाई प्राथमिकतामा राखिने छ। उक्त परियोजना निर्माणका लागि कन्सेप्ट पेपर स्वीकृत भएकाे छ।

चालू आर्थिक वर्षमा सरकारको १ करोड ७५ लाख रुपैयाँ पनि स्वीकृत भएको भएकाे छ। परियोजना निमार्णका लागि आवश्यक छलफल भइरहेको रिटर्नी माइग्रेन्ट नेपालले जनाएको छ। परियोजनाका लागि मंसिर ७ गते सेयर सदस्यता खुला हुने छ।

साभार – नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...