Wednesday 15th May 2024

भारतसँग नेपालले युद्धकाे तयारी गर्नु पर्दछ


तोयानाथ उपेक्षित – भारत जतिसुकै बलियो भए पनि उसलाई नेपाल चाहिन्छ । मोदीलाइ पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर चाहिन्छ । यसका लागि नेपाल नै भारतमा विलय गर्न सक्छ भने भारतले लडाई शुरु गरोस।जितेछ भने ती पावनभूमी सवै उसैको हुन्छ, हारेमा कांगडा र टिष्टा पनि नेपालले फिर्ता लिन्छ । नेपालीको स्वभिमानलाई चिथोरेर बस्ने भारतको के त्यसो गर्ने हिम्मत छ ?

यस्तो उदघोष गरिरहदा कतिलाई लाग्न सक्छ यो धृष्टतापूर्ण अभिव्याक्ति हो तर त्यसो होईन। साधनश्रोत र प्रविधि भन्दा ठुलो हिम्मत हुन्छ । हिम्मत न्यायका लागि छ भने त्यसले जित्छ । अन्यायीहरुले हार्दछन । भारतले नेपाललाई हमला गर्यो भने भारतमाथि हमला गर्ने अरु निस्कन्छन । भारत आफैमा गोरखाली युवाहरुको सैन्यबलमा बाँचेको देश हो । भारतको सैन्य संरचनामा खलबली मचिन्छ । भूमीपुत्र नेपालीले कार्गिलमा लडे जस्तो वा अन्यत्र गएर लडेजस्तो नेपाल आमाका विरुद्ध लड्न कदापी तयार हुँदैनन । जुन देशको आड र भरोषामा भारत सुरक्षित छ उसँग जतिसुकै ठृलो सैन्य बल भए पनि नेपाललाई हराउन सक्दैन । यहाँ शिर्फ उसको दादागिरी अन्त्यका लागि हिम्मतिलो भुमीपुत्र नेपाली नेताको खाँचो छ । भारतलाई हाउगुजी सम्झेर लम्पसार पर्ने नेपाली नेतृत्वका कारण भारतीय थिचोमिचोले सिमा नागेको हो । उसलाई सवक सिकाउन एकपटक हामीले लड्नुको विकल्प छैन ।

कति घटिया र छुद्रो छ भारतीय सोच जसले नेपाललाई असल छिमेकी भन्छ अनि उता रातारात पिल्लर चोरर, सिमाना मिचेर, नाकाबन्दी गरेर, नेपाली जनतालाई दुःख दिएर व्वासो चरित्र देखाउँछ । माया गरे जस्तो गर्दछ तर लुट्न नपाउँदा धम्कि दिन थाल्दछ । नेपाल र नेपालीलाई खसाल्ने, खिसीट्युरी गर्ने र आफू संभ्रान्त र सभ्य भएको नक्कली कुरा गर्ने भारतको दयामा नेपाल बाँचेको जस्तो गरी दुनियाका आँखामा छारो हालेर बसेको छ । उसको चरित्र बुझेर पनि नेपाली नेतृत्व कहिल्यै चुईक्क बोल्दैन ।

यो शताब्दिमा कुनै न कुनै दिन नेपालले भारतसँग लड्नै पर्दछ भन्ने कुराको तयारी नेपाली शासक, सैन्य नेतृत्व र नेपाली जनताले मानशिक र भौतिक रुपमा गर्दै गरे हुन्छ । दुस्साहसी कुरा होईन, हतियार र प्रविधि भण्डार हुदैमा लडाई जितिन्छ भन्ने हुदैन । यो शताव्दी न्यायको लागि हो । यो समय फैसलाका लागि हो । बातावरण निर्माणका लागि हो । कालापानी र सुस्ता मात्र नेपालीको माग होईन यो तत्कालीन अवस्थाको विरोध मात्रै हो । गुमेको सवै भूभाग नेपालीले फिर्ता पाउनु पर्दछ, असमान सवै सन्धी सम्झौताहरु खारेज हुन पर्दछ। यो नै नेपालको स्थायी आवाज र दिर्घकालिन सोच हो भनेर सवैले संकल्प गर्न जरुरी छ ।

भारतका वरीपरी रहेका सवै देश उ बाट पीडित छन । भारत विरोधी महौल उकुसमुकुस छ मात्र त्यसको नेतृत्व कसैले गरोस भनेर मुख हेराहेरको अवस्था हो दक्षिण एशियाको । पाकिस्तानसँग भरोसा नभएर अरु देश मौन बनेका हुन । पाकिस्तानको बंगलादेश र अफगानिस्तान सँग राम्रो ईतिहास छैन । उसको नेतृत्व तीनले स्वीकार गर्दैनन तर नेपालले नेतृत्व लिने हो भने सवैको साथ अवस्य हुन्छ । यदि नेपालले हिम्मत गर्ने हो भने सवै गोलबद्ध हुने निश्चित छ । लडाईको शुरुवात हतियारबाटै हुन पर्दछ भन्ने होईन । विश्व राजनैतिक मन्चमा आवाज बुलन्द गर्दै भारतीय चरित्रको पर्दाफास गर्न शुरु गर्न पर्दछ । उसलाई एकल्याउने र घेर्ने काम अरुले गर्ने हो भने कालान्तरमा त्यसले एक प्रकारको माहौल आफै निर्माण गर्दछ । नेपालका भावीपिढीको चेतना आजको आवजबाट निर्माण हुन थाल्दछ । वरिपरी र तेश्रो विश्वको समर्थनका लागि उसका गलत कृयाकलापको प्रचार गरे मात्र बाहिरी दुनियालाई थाहा हुन्छ र यसो गर्न थाल्ने हो भने तिनीहरुले आफ्नो दृष्टिकोण बनाउन थाल्दछन । चुपचाप बसेर भारतलाई प्रभु बनाउदै स्तुतीगान गरिरहे हामीले भोग्ने नियती सधै यस्तै हो । योगा, ध्यान र तपस्या गरेर बसे हुन्छ ।

यदि नेपालले यस्तो हिम्मत गरे यात नेपालकै कारण विश्वयुद्धको शंखघोष हुन्छ या त भारत पछि सर्छ र नेपालले गुमेको भूभाग मात्र होईन गुमेको स्वभिमान र प्रतिष्ठा प्राप्त गर्दछ । यसका लागि पनि हटेर होईन डटेर लड्न जरुरी छ ।

सार्वभौमिकताको रक्षा अपमान सहेर हुन सक्दैन अनि डराएर न्याय पाईन्न । नेपाललाई कंगाल बनाईरहने उसको निती, नेपालका नेताले उसैको गुलामी गर्ने प्रवृत्ति र नेपालकै विरुद्ध जासुसी गर्ने नेपाली राज्य संयन्त्र भारतीय विस्तारवादको नेपाललाई हेप्ने आधार हुन तिनलाई खतम गर्न जरुरी छ । भारतीय दलालहरु नेपाली भेषमा राजनितीमा र व्युरोक्रयाट्समा छन । तीनको पहिचान नभएसम्म भारतको अत्याचार विरुद्ध शासकले बोल्न सक्दैनन । तीनको सुचना र साथमा रहेर भारतले नेपालमाथि थिचोमिचो गरिरहेको छ । तिनको पहिचान गर्ने र सुली चढाउने कामको शुरुवात गर्ने नेतृत्व नेपालीले खोज्नु पर्दछ । हाम्रो सिमानामा पर्खाल लगाएर भारतयी हस्तक्षेपलाई रोक्ने र संचारमा निगरानी गरेर जासुसीको पहिचान गर्ने बेला आएको छ । नेपाल भारत सम्बन्ध अव अति नै कडा निगरानीमा विकास हुन जरुरी छ । हेड टु हेड निगरानी गर्न सक्नु पर्दछ । भारतीय शासकहरुसँग नेपाल सरकारको अनुमतिविना हिमचिम गर्नेहरुलाई देश द्रोही घोषणा गर्न पर्दछ । अहिलेको कालापानी मुद्धाले नालापानी फिर्ता माग्दैछ यसका लागि एकता र देशभक्तिमा स्खलन आउने कुरा गर्नेहरुको पहिचान गर्दै दण्डित गर्न जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ…

प्रतिकृयाहरू
...