Saturday 18th May 2024

सरकारले “चट मगनी फट बिहे” को पारामा नयाँ प्रदेश प्रमुख नियुक्त गरि सपथ समेत गरायो


तितोपाटी – गत अाइतबार बहालवाला प्रदेश प्रमुखहरूलाइ पदमुक्त गरेको नेपाल सरकारले सोमबार नै नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरूलाइ सपथ ख्वाइसकेकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साेमबार बसेको सचिवालयको बैठकले नयाँ प्रदेश प्रमुखको नाम टुङ्गो लगाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेश प्रमुखको नाम निक्र्योल गरेपछिलगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

राष्ट्रपति भण्डारीले आइतबार तत्कालीन सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् भने सोमबार सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन जसमा प्रदेश नं १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश नं २ मा तिलक परियार, प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं र गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नं ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त रहेका छन् । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूले अाज मंगलबार बिहान पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा प्रदेश प्रमुखहरुलाई सपथ गराएकी हुन ।

नेकपाले पूर्वउपप्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्वलाई प्रदेश प्रमुखमा छनोट गरेको हो । आलङ्कारिक र संवैधानिक पदमा विशेष गरी पूर्वप्रशासकलाई प्राथमिकता दिइँदै आएकामा यसपटक भने कम्युनिस्ट पार्टीका पुराना नेतालाई जिम्मा दिइएको हो । नवनियुक्त प्रदेश प्रमुखमा राजनीतिक व्यक्तित्वलाई प्राथमिकता दिएर उहाँहरुलाई सम्मान गरिएको नेकपाको दाबी छ । त्यसो त नेकपाले आफ्नो घर पायक प्रदेशभन्दा अन्य प्रदेशको प्रमुख बनाएर नयाँ सन्देशसमेत दिएको छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...