Thursday 27th August 2026

सुनकोशी नदीमा बस दुर्घटना मृतकको संख्या ९ पुग्यो


तितोपाटी-सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको हो ।अरनिको यातयात कम्पनी प्रालीको बस दिउँसो साढे १ बजे सुनकोशी नदीमा खसेको थियो । बस सुनकोशी नदीमा खस्दा एक बालकसहित हालसम्म ९ जनाको मृत्यु भएको छ । अहिले घटनास्थलमा प्रहरीसहित स्थानीयले उद्दारकार्य जारी राखेका छन् ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...