Monday 28th September 2026

काश्मीर आक्रमणमा ज्यान गुमाएका २ गोर्खा सैनिकमध्ये एक पाल्पाका गमिल


तितोपाटी- भारत प्रशासित जम्मू-काश्मीर क्षेत्रमा पाकिस्तानी सेनासँग भएको भिडन्तमा ज्यान गुमाउने दुई गोर्खा सैनिकमध्ये एक नेपालीको नेपालको ठेगाना पुष्टि भएको छ।

मारिने दुवै सेना भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत गोर्खा सैनिकहरु हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ रहेको भारतीय सेनाले जनाएको छ। गमिल पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर-४ स्थायी बासिन्दा भएको नगर प्रमुख रमण बहादुर थापाले पुष्टि गरे।

आइतबार भारत प्रशासित काश्मीरको कुपवारा जिल्लाको ताङधर क्षेत्रमा भएको घटनामा दुई भारतीय सैनिक र एक भारतीय नागरिक मारिएका थिए।२४ वर्षीय श्रेष्ठ २७ महिनाअघि मात्रै भारतीय सेनामा भर्ती भएका थिए।नगर प्रमुख थापाले श्रेष्ठको घरमा हजुरबुवा, बुवा, आमा र दाइ–भाउजू रहेको र उनको पारिवारिक अवस्था नाजुक रहेको बताए।भारतीय सेनाको तालिम सकेर उनी ५ महिना अघि महिने छुट्टीमा घरका थिए र त्यसपछि उनी ड्युटीका लागि कश्मीर पुगेका थिए।उनी कक्षा १२ मा पढ्दापढ्दै भारतीय सेनामा भर्ना भएका थिए।
नेपाल लाइभ बाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...