Monday 14th September 2026

प्रधानमन्त्रीले गरे सीको सवारी हुने बाटोको निरीक्षण


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गरेका छन् ।

सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् । चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आउँदै छन्। सीको भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। भव्य स्वागतको तयारी गरिएको छ ।

सी हिड्ने बाटो चिटिक्क पारेर सिंगारिको छ। सडकका खम्बाहरूमा सी र राष्ट्रपति विद्यादेवी भण्डारीका फोटाहरू टाँगिएका छन्। सीको रूटमा पर्ने सबै बाटो मर्मत गरेर चिल्लो बनाइएको छ भने पुलहरू रंगाएर चिटिक्क पारिएको छ।साथै हरियाली देखाउने अस्थायी रूपमा बिरूवाहरू रोपिएको र गमलाहरू सजाइएको छ। सडकमा सुरक्षा तैथानी पनि बाक्लो बनाइएको छ । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।

सी विमानस्थलदेखि तिनकुने, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ। अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सी करिब ९० जना प्रतिनिधिमण्डलसहित आउँदै छन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सांसद तथा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने कार्यक्रम छ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...