Thursday 29th October 2026

दसैमा घर फर्किएका तीन नेपाली भारतमा लुटिए


तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्।

भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन पत्तो पाइनन्। गोरखपुर आए ओर्लने बेलामा २ लाख भारु रहेको झोला नपाएपछि पछि आफु लुटिएको थाहा पाइन प्रहरीले उदृत गर्दै नागरिक न्यूजलाई जानकारी दिए।

त्यस्तै मंगलबार पनि बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको २ जना नेपाली लुटिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक कमल बेलबासेका अनुसार गोरखपुर देखि सुनौली आउनेक्रममा भारतको कोल्हुईमा नवलपरासी–५, डेढगाँउ बस्ने हरिबहादुर विश्वकर्मा र रिडी गुल्मी बस्ने रोशन पाण्डे लुटिएका हुन्। दिल्लीबाट रोडवेज बसमा बसेका द्वय विश्वकर्मा र पाण्डे गोरखपुरसम्म सकुशल आएका छन्।

गोरखपुरबाट बस हिडेपछि कोल्हुई नजिकै जंगलमा बस चिया खानको लागि रोकेको बेला २÷४ जना यूवा नेपाली मुल कै चढेका थिए। उनीहरुले दिइएको विस्कटु खाएको मात्र दुबैलाई होस छ। तिनीहरुकै अगाडी ति यूवाहरुले उसको पैसा निकालेको पनि थाहा भए पनि अर्ध चेत अवस्थामा बोल्न नसक्ने बनाएकोले पैसा लुटेका हुन उनीहरु पनि नेपाली नै थिए। नेपाली भाषमा कुरा गर्दै पैसा लुटेर ति यूवाहरु निस्केको उनीहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ। सुनौली उत्रने बेलामा भारतीय प्रहरीले दुवै जनालाई अर्ध होस अवस्थामा पाएकोले रिक्सामा राखेर बेलहिया प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीले उनीहरुलाई उद्धार गरी हेल्प डेस्कको सहयोगबाट घर पठाएको छ।

द्वय विश्वकर्मा र पाण्डेको साथबाट क्रमश नगद रु ३५ हजार र ३० हजार भारु लुटिएको प्रहरी निरिक्षक बेलबासेले जानकारी दिए। उनीहरुले अरु रकम दिल्लीबाट नै रेमिटयान्स गरेकोले ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाए।

अहिले चाडबाडका क्रममा नेपालीहरु घर आउने बढी भएकोले भिडभाडमा चिनजानबाटै लुटपाट भएको हुन सक्छ। पहिलाको अवस्था भन्दा धेरै सुधार भएको छ। ‘यसको लाीग हामीले भारतीय प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौं’ प्रहरी निरीक्षक बेलबासेले बताए।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

प्रतिकृयाहरू
...