Thursday 10th September 2026

दसैमा घर फर्किएका तीन नेपाली भारतमा लुटिए


तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्।

भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन पत्तो पाइनन्। गोरखपुर आए ओर्लने बेलामा २ लाख भारु रहेको झोला नपाएपछि पछि आफु लुटिएको थाहा पाइन प्रहरीले उदृत गर्दै नागरिक न्यूजलाई जानकारी दिए।

त्यस्तै मंगलबार पनि बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको २ जना नेपाली लुटिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक कमल बेलबासेका अनुसार गोरखपुर देखि सुनौली आउनेक्रममा भारतको कोल्हुईमा नवलपरासी–५, डेढगाँउ बस्ने हरिबहादुर विश्वकर्मा र रिडी गुल्मी बस्ने रोशन पाण्डे लुटिएका हुन्। दिल्लीबाट रोडवेज बसमा बसेका द्वय विश्वकर्मा र पाण्डे गोरखपुरसम्म सकुशल आएका छन्।

गोरखपुरबाट बस हिडेपछि कोल्हुई नजिकै जंगलमा बस चिया खानको लागि रोकेको बेला २÷४ जना यूवा नेपाली मुल कै चढेका थिए। उनीहरुले दिइएको विस्कटु खाएको मात्र दुबैलाई होस छ। तिनीहरुकै अगाडी ति यूवाहरुले उसको पैसा निकालेको पनि थाहा भए पनि अर्ध चेत अवस्थामा बोल्न नसक्ने बनाएकोले पैसा लुटेका हुन उनीहरु पनि नेपाली नै थिए। नेपाली भाषमा कुरा गर्दै पैसा लुटेर ति यूवाहरु निस्केको उनीहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ। सुनौली उत्रने बेलामा भारतीय प्रहरीले दुवै जनालाई अर्ध होस अवस्थामा पाएकोले रिक्सामा राखेर बेलहिया प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीले उनीहरुलाई उद्धार गरी हेल्प डेस्कको सहयोगबाट घर पठाएको छ।

द्वय विश्वकर्मा र पाण्डेको साथबाट क्रमश नगद रु ३५ हजार र ३० हजार भारु लुटिएको प्रहरी निरिक्षक बेलबासेले जानकारी दिए। उनीहरुले अरु रकम दिल्लीबाट नै रेमिटयान्स गरेकोले ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाए।

अहिले चाडबाडका क्रममा नेपालीहरु घर आउने बढी भएकोले भिडभाडमा चिनजानबाटै लुटपाट भएको हुन सक्छ। पहिलाको अवस्था भन्दा धेरै सुधार भएको छ। ‘यसको लाीग हामीले भारतीय प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौं’ प्रहरी निरीक्षक बेलबासेले बताए।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...