Sunday 19th May 2024

सभामुख महरा माथि बलात्कारको आरोप, सचिवालयले खण्डन गर्दै निकाल्यो विज्ञप्ति


तितोपाटी – सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्ब्यवहारको आरोप लागे पनि पुष्टि हुन भने बाँकी नै छ । महरामाथि लागेको यो आरोपपछि उनी विवादमा समेत तानिएका छन् । संसद सचिवालयकम काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफुलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोेप लगाएकी हुन् । ती महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफुमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ ।

यसैबीच सभामुख कृष्णबहादुर महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन् । उनले आफुु ती महिलाको कोठामा समेत नगएको दावी गरेका छन् । आफु आइतबार बेलुका घरैमा रहेको समेत उनले प्रस्ट पारेका छन् । महराको अनुसार ‘संसद सचिवालयमा स्वास्थ्य सम्बन्धी दरबन्दी छैन, स्वास्थ्य शाखाका केहि कर्मचारीहरू संसद सचिवालयमा काजमा हुनुहुन्छ । काजमा रहेकी मध्ये ति महिलाले संसद सचिवालयमा नै दरवन्दी कायम गरिदनुपर्यो भनिरहेकी आँफुले त्यसो गर्न नमान्दा चरित्रहत्या गर्ने प्रयाश भएको बताएका छन् ।’

सामान्यतया भलाद्मी व्यवहार देखाउने महराले अब के गर्लान् ? के आफुमाथि लागेको आरोपको छानविनका लागि पदबाट राजिनामा देलान् ? यसवारे अहिल्यै उनले केही खुलाएनन् । तर नैतिकताको आधारामा छानबिनका लागि भन्दै महराले पदबाट राजिनामा दिने हिम्मत गर्लान् ? या नगर्लान् त्यो भने हेर्न बाँकी नै छ ।
यसैबीच दुर्व्यवहारको आरापबारे महराको निजी सचिवालयले खण्डन गरेको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले एक विज्ञप्ति जारी गरी सो घटनाको खण्डन गरेका हुन् ।

यस्तो छ निजी सचिवालयको खण्डन

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।

सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन ।

उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...