Wednesday 7th October 2026

बलियो कुवेतसँग नेपालको बराबरी


तितोपाटी-जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ ।

पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दीले एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको ७४ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डन सँग ७-० ले पराजित भएको थियो । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो । अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । यस्तै अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...