Friday 3rd May 2024

श्रमिकको पासपोर्ट र नगद फिर्ता गर्न म्यानपावरलाई विभागको निर्देशन


तितोपाटी- वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ संसोधन भएसँगै नयाँ प्रावधान अनुसार भदौ १८ गतेपछि इजाजत खारेज भएका म्यानपावर कम्पनीहरुले श्रमिकहरुको पासपोर्ट र उनीहरुसँग लिएको नगद फिर्ता गर्नु पर्ने भन्दै वैदेशिक रोजगार विभागले आइतबार सूचना जारी गरेको छ।

सूचना जारी भएको ७ दिन भित्र सबै श्रमिकहरुलाई पासपोर्ट तथा लिएको नगद समेत फिर्ता गर्न सूचना जारी गरेको हो।

त्यस्तै विदेशी रोजगारदाताहरुसँग लिएको मागपत्र बमोजिम जनशक्ति आफूर्ति गर्न नसक्ने व्यहोरा समेत सम्बन्धीत रोजगारदातालाई गराउनुपर्ने विभागले जनाएको छ। प्रयोगमा ल्याउन नसकिने भएका प्रमाणीकरण गरिएका मागपत्रहरु बारे सम्बन्धीत कुटनैतिक नियोगलाई जानकारी गराइनुपर्ने बताइएको छ।

नयाँ मागपत्र नल्याउन तथा प्रमाणीकरण नगराउन समेत विभागले अनुरोध गरेको छ।

त्यस्तै कार्यालयको नाम राखिएको बोर्ड हटाउन, कर्मचारीहरुको परिचयपत्र खारेज गर्न लगायत संस्थाका सम्बन्धित उजुरी तथा मुद्दाहरु फरफारक गराउन समेत विभागले आग्रह गरेको हो।

वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै सरकारले म्यानपावर कम्पनीको धरौटी न्यूनतम २ करोडदेखि अधिकतम ६ करोडसम्म कायम गरेको थियो। सोही व्यवस्था अनुसार धरौटी नराख्ने ३ सय ३ वटा म्यानपावर कम्पनीको इजाजत खारेज भएको थियो।
साभार नेपाल लाइभ


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...