Wednesday 13th May 2026

श्रमिकको पासपोर्ट र नगद फिर्ता गर्न म्यानपावरलाई विभागको निर्देशन


तितोपाटी- वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ संसोधन भएसँगै नयाँ प्रावधान अनुसार भदौ १८ गतेपछि इजाजत खारेज भएका म्यानपावर कम्पनीहरुले श्रमिकहरुको पासपोर्ट र उनीहरुसँग लिएको नगद फिर्ता गर्नु पर्ने भन्दै वैदेशिक रोजगार विभागले आइतबार सूचना जारी गरेको छ।

सूचना जारी भएको ७ दिन भित्र सबै श्रमिकहरुलाई पासपोर्ट तथा लिएको नगद समेत फिर्ता गर्न सूचना जारी गरेको हो।

त्यस्तै विदेशी रोजगारदाताहरुसँग लिएको मागपत्र बमोजिम जनशक्ति आफूर्ति गर्न नसक्ने व्यहोरा समेत सम्बन्धीत रोजगारदातालाई गराउनुपर्ने विभागले जनाएको छ। प्रयोगमा ल्याउन नसकिने भएका प्रमाणीकरण गरिएका मागपत्रहरु बारे सम्बन्धीत कुटनैतिक नियोगलाई जानकारी गराइनुपर्ने बताइएको छ।

नयाँ मागपत्र नल्याउन तथा प्रमाणीकरण नगराउन समेत विभागले अनुरोध गरेको छ।

त्यस्तै कार्यालयको नाम राखिएको बोर्ड हटाउन, कर्मचारीहरुको परिचयपत्र खारेज गर्न लगायत संस्थाका सम्बन्धित उजुरी तथा मुद्दाहरु फरफारक गराउन समेत विभागले आग्रह गरेको हो।

वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै सरकारले म्यानपावर कम्पनीको धरौटी न्यूनतम २ करोडदेखि अधिकतम ६ करोडसम्म कायम गरेको थियो। सोही व्यवस्था अनुसार धरौटी नराख्ने ३ सय ३ वटा म्यानपावर कम्पनीको इजाजत खारेज भएको थियो।
साभार नेपाल लाइभ


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...