Sunday 14th June 2026

शालिकराम पुडासैनी आत्महत्या : दुनियाँलाई रमिता, बा-आमालाई झन् पीडा



नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित घरअगाडिको पाटोमा शालिकराम पुडासैनीका बुबा अनन्तराम र आमा मीनकुमारी

नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो ?’ हाम्रो आवाजले उनको ध्यान हामीतर्फ मोडियो । तर, जवाफ दिएनन्, बरु हामीबाट तर्किन खोजे ।

फाँटको बीचमा ढलान गरिएको एकतले घर । १२ वैशाख ०७२ को भूकम्पपछि शालिकरामले नै बनाएका थिए । अनन्तरामदम्पती यही घरमा बस्छन् । यो सूचना हामीले बाटैमा लिएका थियौँ, पुडासैनी परिवारलाई नजिकबाट चिन्नेहरूसँग ।

घरमै पुग्दा आँगनमा भेटिए शालिकका दाइ २९ वर्षीय हरि पुडासैनी । उनी पनि हामीसँग तर्किन खोजे । हामीले मिडियाबाट आएको जानकारी गराउँदा निधार खुम्च्याए । अनुहार रातो पारे । आक्रोशमिश्रित बोली फुटाए, ‘कसैसँग कुरा गर्नु छैन । कुरा गरेर फाइदा पनि छैन । हामीले थाहा पाइसक्यौँ, तपाईंहरू किन आएको भनेर । हामीलाई न्याय होइन, चिथोर्न आएको हो तपाईंहरू ।’ हामी नाजवाफ भयौँ ।

घरपछाडि कान्लामा घाँस काट्दै थिइन् शालिककी ५८ वर्षीया आमा मीनकुमारी पुडासैनी । छोरा हरि र हाम्रो खासखुस कुरा सुनिरहेकी उनी पनि आँगनतिर आइन् । मुढामा टुक्रुक्क बसिन् र भक्कानिँदै विरह पोख्न थालिन्, ‘छोरो गुम्यो । छाती भतभती पोलेको छ । आँखा अझै ओभाउन सकेको छैन । न्याय पाउनुपर्ने त हामीले । तर, मिडियाका कारण उल्टै पीडित भइयो । निको हुन लागेको पीडा मिडियाकै कारण बल्झिएको छ ।’

घरपछाडि कान्लामा घाँस काट्दै थिइन् शालिककी ५८ वर्षीया आमा मीनकुमारी पुडासैनी । छोरा हरि र हाम्रो खासखुस कुरा सुनिरहेकी उनी पनि आँगनतिर आइन् । मुढामा टुक्रुक्क बसिन् र भक्कानिँदै विरह पोख्न थालिन्, ‘छोरो गुम्यो । छाती भतभती पोलेको छ । आँखा अझै ओभाउन सकेको छैन । न्याय पाउनुपर्ने त हामीले । तर, मिडियाका कारण उल्टै पीडित भइयो । निको हुन लागेको पीडा मिडियाकै कारण बल्झिएको छ ।’

वातावरण स्तब्ध बन्यो । वियोग वेदना तस्बिरमा उतार्ने जमर्को भयो । क्यामेरा झिक्न हामी अघि बढ्यौँ । तर, उनीहरू हातपातमै उत्रन खोजे । हामी चुपचाप रह्यौँ । नजिकै थिए, शालिकका माइला दाइ ३१ वर्षीय विष्णु पुडासैनी । वातावरण केही सम्हालिएपछि हामी उनीनजिक पुग्यौँ । जिज्ञासापछि उनले भने, ‘केही दिनअघि दुईवटा मिडिया आएका थिए । कुरो त राम्रै गरेर गएका थिए । तर, प्रसारण हुँदा हामीले दबाबमा प्रहरीमा जाहेरी दिएको भन्ने आयो । पछि त्यही जाहेरी फिर्ता लिन पीडित नै तयार भएको भन्ने आयो । किरियापुत्री बसेको सात दिनपछि भाइको भिडियो सार्वजनिक भयो । त्यो पनि हामीले नै सार्वजनिक गरेको भन्ने समाचार आयो । यस सम्बन्धमा हामीमाथि पो छानबिन हुने कुरा आए । यस्ता गलत समाचारले न्याय दिन्छ कि पीडा ?’

पत्रकारितामाथि गम्भीर नै प्रश्न उठेपछि हामीले प्रमाणित गर्नैपर्ने भयो । परिचयपत्र र भिजिटिङ कार्ड देखाएपछि वातावरण केही सहज भयो । पुडासैनी परिवार कुराकानीका लागि तयार हुँदै गयो ।

राति १०:३० बजेको त्यो खबर…


१९ साउनको राति १०:३० बजे, अनन्तराम सुतिसकेका थिए । मोबाइलको एकोहोरो घन्टीले उनको निद्रा भंग गर्‍यो । नम्बर हेरे, चिनेकै झैँ लाग्यो । फोन उठाए । जब खबर सुने, भाउन्न छुट्यो । घरको जगै हल्लिएझैँ भयो । ढलुँला–ढलुँला भएका उनी बल्लतल्ल सम्हालिए । सँगै सुतेकी श्रीमती मीनकुमारीलाई खबर सुनाए । उनी झन् भक्कानिन थालिन् । पीडामाथि पीडा थपियो । हत्तपत्त बाहिर निस्किएर नजिकै रहेका छोराकहाँ पुगे । घटनाबारे थप बुझ्न अह्राए । विष्णु पुडासैनीले त्यस्तै गरे ।

१९ साउनको राति १०:३० बजे, अनन्तराम सुतिसकेका थिए । मोबाइलको एकोहोरो घन्टीले उनको निद्रा भंग गर्‍यो । नम्बर हेरे, चिनेकै झैँ लाग्यो । फोन उठाए । जब खबर सुने, भाउन्न छुट्यो । घरको जगै हल्लिएझैँ भयो । ढलुँला–ढलुँला भएका उनी बल्लतल्ल सम्हालिए । सँगै सुतेकी श्रीमती मीनकुमारीलाई खबर सुनाए । उनी झन् भक्कानिन थालिन् । पीडामाथि पीडा थपियो । हत्तपत्त बाहिर निस्किएर नजिकै रहेका छोराकहाँ पुगे । घटनाबारे थप बुझ्न अह्राए । विष्णु पुडासैनीले त्यस्तै गरे । शालिकको मृत्यु नै भएको पक्का भयो ।

शालिकको मृत्यु नै भएको पक्का भयो । घटनास्थल पत्ता लागेपछि सँगै रहेका छोरासहित अनन्त रातको ११ बजे नै घरबाट निस्किए । चितवनको कंगारु गेस्टहाउसस्थित घटनास्थल पुग्दा बिहानको ९ बजिसकेको थियो । घटनास्थललाई प्रहरीले सिल गरिसकेको थियो । प्रहरीको सहयोगमा अनन्त घटनास्थल पुगे । सिलिङमा झुन्डिरहेका शालिकलाई देखे । अवाक् बनेका उनको आँखाबाट आँसु बगिरह्यो, केही बोल्न सकेनन् ।

आइतबार रिस्टेटारस्थित घरमा भेटिएका उनले भने, ‘छोराको आत्महत्या हो कि हत्या भेउ पाउन सकिएको छैन । ऊ आत्महत्या गर्ने खालको मान्छे थिएन । एकाएक भिडियो सार्वजनिक भएछ । मैले पछि भेटेँ । हेर्नै सकिनँ । कसैले आत्महत्या गर्न बाध्य पारेको हो कि जस्तो भिडियो हेर्दा थाहा भयो । त्यही आधारमा जाहेरी हालेका छौँ । के हुने हो केही पत्तो छैन ।’

परिवारका अनुसार शालिक विवाहलगत्तै श्रीमती सम्झनासँग काठमाडौंमै बस्दै आएका थिए । उनले सेक्युरिटी गार्ड सप्लाई गर्ने कार्यालय सञ्चालन गरेका थिए । पछिल्लो दुई वर्षपछि भने रवि लामिछानेले सञ्चालन गर्ने ‘सीधा कुरा जनतासँग’को टिममा आबद्ध थिए । केही महिनाअघि त्यो पनि छाडेर माउन्टेन टिभीतर्फ लागेका थिए । यीबाहेक परिवारका सदस्यलाई शालिकबारे अन्य जानकारी छैन । जसले गर्दा शालिकको मृत्युबारे परिवारका सदस्य बिल्कुल अनभिज्ञ छन् ।

शालिकका माइला दाइ विष्णुले भने, ‘आवश्यक परेको सामग्री ल्याउँथ्यो । कहिलेकाहीँ टेलिफोनमा कुरा हुन्थ्यो । सन्चोबिसन्चोबाहेक अन्य खासै सोधखोज हुन्न थियो । त्यसो हुँदा उनको विस्तृत जानकारी कसैलाई थाहा छैन । एक्कासि उनको मृत्यु भएको खबर आयो । यस्तो कसरी हुन सक्यो, हामी छक्क परेका छौँ ।’

सम्झनाका बाबुको सम्झना, ‘ज्वाइँ हतास थिए’

सम्झनाका बाबु जनक घिमिरे

बेलकोटगढी–३ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्थे शालिक । सँगै पढ्थिन् स्थानीय सम्झना । नौ कक्षा पढ्दादेखि नै दुईबीच प्रेम बस्यो । एसएसली दिँदासम्म प्रेम उत्कर्षमा पुग्यो । परीक्षामा दुवै पास भए । लगत्तै राजीखुसीमै दुईबीच विवाह भयो । त्यही वेलादेखि शालिक श्रीमती सम्झनालाई लिएर काठमाडौं बस्दै आएका थिए । बेलकोटगढी–३ का वडाध्यक्षसमेत रहेका सम्झनाका बुबा जनककुमार घिमिरेले भने, ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ । दुईबीच प्रेम बसेको हल्ला सुनेको हुँ । पछि शालिकका परिवार माग्न आए । राजीखुसीमै बिहे गरिदिएँ ।’ बिहेपछि उनीहरूबीच तनाव भएको आफूले कहिल्यै पनि जानकारी नपाएको उनले बताए । ‘ज्वाइँले पेसामा तनाव छ भन्थे, तनाव छ भने जागीर छोडिदेउ भनेको थिएँ तर उनले जीवन नै छोडिदिएको खबरले म पनि स्तब्ध छु,।’

तस्बिरः विनोद विष्ट/नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

प्रतिकृयाहरू
...