Friday 23rd October 2026

रवि लामिछाने ५लाख धरौटीमा रिहा, विदेश भ्रमणमा रोक


तितोपटी – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले सोमबार आदेश दिएको हो ।

कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

अदालतले घटनाको फैसला नहुन्जेल घटनासँग सम्बन्धित कार्यक्रम सन्चालन गर्न लामिछानेलाई रोक लगाएको छ भने अदालतको अनुमती बिना विदेश यात्रा गर्न रोक लगायेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसमा ८ जना वकिलहरुले बहस गरेका थिए ।

अदालतले लामिछानेसहित तीनैजनासँग आइतबार र सोमबर गरी दुई दिन लगाएर बयान लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

प्रतिकृयाहरू
...