Monday 17th August 2026

श्रम समितिले खोल्यो घरेलु कामदारलाई पुनः श्रम स्वीकृती


काठमाडौं– वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। यससँगै पुनः श्रम स्वीकृतीको बाटो खुलेको हो।

यसअघि वैदेशिक रोजगारीमा गएका घरेलु कामदारहरु असुरक्षित रहेको भन्दै श्रम समितिले निरीक्षण गरेरै ४ वर्षअघि घरेलु काममा जान रोक लगाएको थियो। सोही निर्णयलाई आधार मान्दै वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा घरेलु कामदार रोक तथा गएकालाई फर्किएपछि पुनः श्रम स्वीकृती दिइरहेको थिएन।

श्रम समितिका सभापति विमल श्रीवास्तवले नयाँ कामदारका लागि श्रम स्वीकृती नखुलाइएको बताए। ‘तत्कालका लागि वैदेशिक रोजगारमा गएका कामदारलाई स्वघोषित रुपमा सुरक्षित छु भन्ने प्रतिबद्धता गरिएको खण्डमा र त्यसमा विदेशस्थित नेपाली नियोग (राजदूतावास)को सिफारिस भएमा पुनः स्वीकृतीको व्यवस्था मिलाउने निर्णय भएको छ’, उनले भने।

अध्यक्ष श्रीवास्तवले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, महिला बालबालिका समितिको सिफारिसमा नेपालबाट श्रम स्वीकृती लिएर गएका घरेलु कामदारलाई पुनः नेपाल फर्किएर सोही कामका लागि घरेलु काममा जान अनुमति दिन निर्णय गरेको जानकारी दिए।

बैठकमा मन्त्री गोकर्ण विष्टले घरेलु कामदारको असुरक्षामा क्रमिक सुधार आउँदै गरेको बताउँदै अब स्थलगत अनुगमन गरेर मात्र घरेलु कामदारलाई पठाउन प्रस्ताव गरेका थिए।

पुनः श्रम स्वीकृतीको विषयमा श्रम समिति पटक पटक अनिर्णित हुँदै आएको थियो। सांसददेखि व्यवसायीले घरेलु कामदारको श्रम स्वीकृती खोल्न लबिङ गर्दै आएका थिए। अहिलेलाई वैदेशिक रोजगारमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृती मात्र दिइएको हो।

घरेलु कामदारमा रहेकाहरुले पुनः श्रम स्वीकृती नहुँदा आफन्तसँग भेट्न नपाएको भन्दै गुनासो गर्दै आएका थिए। उनीहरु यहीँ कारण छुट्टीमा समेत स्वदेश फर्किन सकेका थिएनन्।

पुनः श्रम स्वीकृतीका लागि चाहिने प्रमाणहरुः

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

नेपाल विद्युत् प्राधिकरणको नाफामा उल्लेख्य गिरावट आएको छ। प्राधिकरणको पछिल्लो वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा नाफा पौने ४ अर्ब रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...